- लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्वासेले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई मौन महामारी भन्दै यसको नियन्त्रणको माग गरिन्।
- उनले प्रविधिको गलत प्रयोगले सामाजिक सद्भाव र संरचना कमजोर बनाएको बताउँदै चार बुँदे माग अघि सारिन्।
- साइबर ब्युरोको तथ्याङ्क अनुसार, वार्षिक १९ हजार उजुरी दर्ता हुने र दिनमा ५० भन्दा बढी साइबर अपराध हुने गर्छ।
दाङ – लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्वासेले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई ‘मौन महामारी’को संज्ञा दिँदै यसको नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेकी छन् ।
प्रदेश सभाको सातौं अधिवेशनको नवौं बैठकमा बेल्वासेले सामाजिक सञ्जालले घर(घरमा प्रवेश गरेर सामाजिक संरचनामा नकारात्मक असर पारिरहेको बताइन् । उनले प्रविधि आफैंमा सकारात्मक भए पनि यसको गलत प्रयोगले सामाजिक सद्भाव, संस्कार र संस्कृति कमजोर बनाएको उल्लेख गरिन् ।
नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क उद्धृत गर्दै उनले एक वर्षमा करिब १९ हजार साइबर अपराधका उजुरी दर्ता हुने गरेको र दैनिक औसत ५० भन्दा बढी घटना हुने गरेको जानकारी दिइन् ।
सरकारसँग उनले चार बुँदे माग अघि सारेकी छन् । जसअनुसार विद्यालय तहमा कक्षा ८ देखि १२ सम्म डिजिटल साक्षरता र साइबर सुरक्षासम्बन्धी पाठ्यक्रम अनिवार्य गर्नुपर्ने, प्रदेशस्तरमा साइबर अपराधका उजुरी समाधानका लागि फास्ट ट्र्याक प्रणालीसहितको संयन्त्र स्थापना गर्नुपर्ने, सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध कडा कानुनी निर्देशिका ल्याउनुपर्ने र युवालाई डिजिटल सीपमूलक तालिममार्फत प्रविधिको उत्पादक बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राखिन् ।
उनले प्रविधिलाई ञधारिलो चक्कुझ सँग तुलना गर्दै यसको सही प्रयोग सिकाउने जिम्मेवारी राज्यको भएको बताइन् ।
भर्खरै
लोकप्रिय
