दुई सातामै श्रममन्त्री साह पदमुक्त, प्रधानमन्त्रीले गरे कारबाही

दुई सातामै श्रममन्त्री साह पदमुक्त, प्रधानमन्त्रीले गरे कारबाही
+
-
देशसञ्चार AI सारांश
  • प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री दिपककुमार साहलाई पार्टीको सिफारिस अनुसार बिहीबार पदमुक्त गरेका छन्।
  • रास्वपा सभापति रवि लामिछानेले साहले श्रीमतीलाई स्वस्थ्य बीमा बोर्डको सदस्य बनाउन गरेको दुरुपयोगबारे कारबाही सिफारिस गरेका थिए।
  • पार्टी विधान अनुसार पदको दुरुपयोग हुँदा जिम्मेवारीबाट हटाउन सकिने व्यवस्थाले मन्त्री साहलाई पदमुक्त गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन्।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो।

मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए।

सोही सिफारिस र आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको जानकारी प्रेस विज्ञ दीपा दाहालले दिएकी छन्।

पटकपटक बैठकमा अनुपस्थित उनकी श्रीमती जुनु श्रेष्ठ बोर्डको सदस्यको जिम्मेवारीबाट कारबाहीमा परेकी थिइन्। तर, साह मन्त्री भएपछि उनले स्वास्थ्यमन्त्री निशा मेहतालाई दबाब दिएर आफ्नी श्रीमतीलाई सोही पदमा पुनर्स्थापना गराएका थिए।

यसअघि २०७३ सालमा उनी एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगीमा परेको खुलेको छ। उनलाई प्रहरीले २०७३ असोज १६ गते एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।

प्रहरीका अनुसार तत्कालीन समयमा वर्ल्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक रहेका साह र उनका सहकर्मी गणेश अधिकारीलाई ठगीमा प्रहरीले पक्राउ गरेको थियो। महोत्तरी २ बाट सांसद बनेका साह यी विवादित घटनाका कारण प्रधानमन्त्री शाहको निशानामा पर्ने भएका हुन्।

रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ।

पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।

यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसकेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…