काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताएकी छन्।
उम्मेदवारी दर्तापछि बिहीबार पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा आफूलाई ठूलो जिम्मेवारी दिए पनि पूरा गर्नसक्ने बताइन्। उनले देशको लागि आफूले सकेको सबै गर्ने बताइन्।
उनले भुइँको मान्छेलाई पार्टीले यति छिट्टै ठूलो तहमा पुर्याएको पनि उल्लेख गरिन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राइज दिएको उनको भनाइ छ। उनले मधेसको छोरीलाई अगाडि बढाउन आफूलाई सहयोग गरेको हुनसक्ने बताइन्।
उनले भनिन्, ‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरुले पनि समर्थन गरेर सरप्राइज दिनुभएको छ। धेरैधेरै धन्यवाद दिन चाहन्छु। म मधेसको छोरी हो, मधेसको छोरीलाई अगाडि बढाउन उहाँहरुले सहयोग गर्नुभएको होला। म अध्यक्षज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुइँको मान्छेलाई यति माथिसम्म पुर्याउनुभयो। मैले कल्पना पनि गरेको थिएन, यहाँसम्मको लागि। मलाई खुशी लागिरहेको छ, मलाई अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु। म देशलाई चाहिने सबैथोक गर्छ, सधै साथ दिन्छु।’
भर्खरै
लोकप्रिय
