काठमाडौँ – पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको उच्च शिक्षालाई अन्तर्राष्टियकरण गर्नका लागि त्यसको सुरक्षाको प्रत्याभुति सरकारले दिनुपर्ने बताएकी छन्।
बिहीबार त्रिभुवन विश्वविद्यालयले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको उच्च शिक्षालाई बाहिरका विद्यार्थीलाई भित्र्याउनका लागि विश्वविद्यालयहरु सुरक्षित छन् भन्ने कुराको प्रत्याभुति गराउने कुरा सबैभन्दा चुनौतीको विषय भएको बताएकी हुन्।
उनले नेपालमा उच्च शिक्षा हासिल गर्नका लागि भिसा प्रक्रियामा देखिएका जटिलता पनि तत्काल हटाउनुपर्नेमा जोड दिइन्।
भिसा प्रक्रियामा देखिएको जटिलता हटाउनका लागि आफूले कानूनको मस्यौदा तयार पारे पनि सो मस्यौदाले हालसम्म कानूनी मान्यता पाउन नसकेको उनको भनाइ थियो।
उनले भनिन्, ‘इन्टरनेशनलाइजेशनका लागि मेरो समयमा भिसा प्रक्रियामा जटिलता छ भन्नेकुरा आएपछि त्यसलाई सहज बनाउनका लागि गृह मन्त्रालयसँग छलफल गरियो। हाम्रोमा स्टुडेन्ट भिसा भन्ने प्रावधान नै थिएन। त्यो कुरा मैले एजकेशन भिसा भनेर जाउँ भन्ने कुरा अघि बढाएकी थिएँ। तर, त्यो कानूनको रुपमा आउने कुरा जेन–जी आन्दोलनपछि अघि बढन सकेको छैन।’
भर्खरै
लोकप्रिय
