- लमही नगरपालिका भित्रका ताल, सिमसार क्षेत्र र नदी तटिय क्षेत्रलाई चरा संरक्षणको महत्वपूर्ण बासस्थानको रुपमा पहल गरिएको छ।
- जैविक विविधता संरक्षण र दिगो वातावरणीय व्यवस्थापनको काम सबैकालागि महत्वपूर्ण भएकाले यसलाई प्राथमिकतामा राखिएको हो।
- बैठकमा स्थानीय तह, संस्था र सरोकारवालासँग समन्वय गर्दै संरक्षण तथा व्यवस्थापनको विषयमा छलफल गरियो।
दाङ – लमही नगरपालिका भित्रका ताल, सिमसार क्षेत्र र नदी तटिय क्षेत्रलाई चरा संरक्षणको महत्वपूर्ण बासस्थानको रुपमा पहिचान गर्दै त्यसको दिगो संरक्षणकालागि पहल गरिएको छ। जैविक विविधता संरक्षण र दिगो वातावरणीय व्यवस्थापनको काम सबैको साझा सरोकारको बिषय भएकाले यसलाई प्राथमिकतामा राखिएको हो।
दाङ देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चराहरुको संरक्षणकालागि स्थानीय सरकार र समुदायको संलग्नता परियोजना अन्तरगत नेपाल पंछी संरक्षण संघको आयोजनामा लमही नगरपालिकामा महत्वपूर्ण चरा बासस्थानको अनुमोदन तथा दिगो संरक्षणका विषयमा बैठक सम्पन्न भएको हो।
नेपाल पंछी संरक्षण संघका अधिकृत भुपाल नेपालीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकिय अधिकृत, नगर कार्यपालिका सदस्य, वडा अध्यक्षहरू तथा विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकमा पहिचान गरिएका महत्वपूर्ण चरा बासस्थानहरूको संरक्षण र व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो।

लमही नगरपालिका अन्तर्गत पर्ने जखेरा ताल, रिहार, मध्यनगर, कप्तानगंज र सोनपुर क्षेत्रलाई चरा तथा चराचुरुङ्गीका लागि महत्वपूर्ण बासस्थानका रूपमा अनुमोदन गर्ने निर्णय गरिएको हो। उक्त क्षेत्रहरूको संरक्षण तथा व्यवस्थापन स्थानीय तह, सम्बन्धित संस्था र अन्य सरोकारवालासँगको समन्वयमा अघि बढाउने बिषयमा पनि छलफल भएको छ। यसैगरी गढवा गाउँपालिका, राजपुर गाउँपालिका र राप्ती गाउँपालिकामा पनि चरा संरक्षणको स्थलहरुको पहिचान गरिएको जनाइएको छ।

भर्खरै
लोकप्रिय
