हुम्ला – कर्णाली प्रदेशका जलश्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले बजेट खर्च गर्न नसक्नुमा कानूुन बाधक रहेको बताएकी छन्। हुम्ला जिल्लाको नऔं जिल्ला सभाको उद्घाटनसत्रमा आफ्नो भनाई राख्दै मन्त्री बुढाले सो कुरा बताएकी हुन्।
कर्णाली प्रदेश सरकारका जलश्रोत तथा उर्जा बिकास मन्त्रालयमा वजेट खर्च गर्न नसक्नुमा कानूुनी बाधाअडचनहरु जिम्मेवार रहेको मन्त्री बुढाले बताईन। बिकासका लागि जिल्लाको आवश्यकता अनुसार बजेटको ब्यवस्था गर्यो तर कर्मचारीको कारण सञ्चालन कार्यबिधिमा शब्द चयन गलत भएपछि त्यसले बजेट खर्चमा समस्या गरेको उनको भनाइ छ।
कार्यक्रम तर्जुमा गर्दा होस या कानुनन निर्माण गर्दा कर्मचारीको जिम्मा छा्डनु नै गल्ती भएको उनको भनाई छ। आफ्नो मन्त्रालयले दुर्गम जिल्ला हुम्लाका लागि यस आवमा वजेट राम्रै बिनियोजित गरेको तर कतिपय कार्यविधिको कारण खर्च गर्न समस्या देखिएको र यसले योवजना निर्माणमा पनि समस्या आई रहेको उनले बताईन। कर्मचारीले नचाहे काम अगाडी बढाउन पनि कठिन हुने गरेको उनको भनाइ थियो।
भर्खरै
लोकप्रिय
