अमेरिका र इरानविचको वार्ता हालका लागि रोकियो, मतभेद अझै बाँकी

अमेरिका र इरानविचको वार्ता हालका लागि रोकियो, मतभेद अझै बाँकी
+
-
देशसञ्चार AI सारांश
  • अमेरिका र इरानबीचको वार्ता अस्थायी रूपमा स्थगित गर्दै प्राविधिक टोलीहरूले कागजात आदान-प्रदान गर्ने सहमति भयो।

  • वार्ता अन्त्य भएपछि इरानले युद्धविरामको भविष्य र स्ट्रेइट अफ हर्मुज खोलेको प्रस्तावबारे कुनै निर्णय भएको छैन।

  • पाकिस्तानको इस्लामाबादमा सुरक्षा कडाइ गर्दै वार्तामा दुवै पक्षबीच केही सकारात्मक तर तनावपूर्ण क्षणहरू देखिए।

अमेरिका र इरानबिचको वार्ता तत्कालका लागि स्थगित गरिएको छ। दुवै पक्षबीचका मतभेद अझै कायम रहेका छन्। १४ घन्टा लामो पाकिस्तान वार्तामा मतभेद अझै बाँकी रहेको इरान सरकारले जनाएको हो। यी वार्ताहरू वाशिङ्टन र तेहरानबीच चलेको ६ हप्ते युद्ध अन्त्य गर्ने उद्देश्यले सुरु गरिएको छ।

पाकिस्तानको इस्लामाबादमा भएको यो वार्ता पछिल्ला एक दशकभन्दा बढी समयपछि अमेरिका-इरानबीचको पहिलो प्रत्यक्ष भेट हो। साथै, सन् १९७९ को ‘इरानीयन रिभोलुसन’ पछि भएको उच्चस्तरीय संवादमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको छ।

यस वार्ताको परिणामले हालको नाजुक दुई हप्ते युद्धविरामको भविष्य र ‘स्ट्रेइट अफ हर्मुज’ पुनः खोलिने वा नखोलिने विषय तय गर्न सक्छ। विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति यही जलडमरूमार्फत हुने भएकाले यसको अवरोधले विश्वभर तेलको मूल्य बढेको छ र हजारौं मानिसको ज्यान गएको छ।

इरान सरकारले सामाजिक सञ्जालमा लेख्दै १४ घण्टा लामो वार्ता सकिएको र अब दुवै पक्षका प्राविधिक टोलीहरूले कागजात आदान-प्रदान गर्ने जनाएको छ। ‘केही मतभेद बाँकी रहे पनि वार्ता जारी रहने छ।’ भनिएको छ, तर पुनः कहिले सुरु हुन्छ भन्ने खुलाइएको छैन।

एक इरानी सरकारी टिभी संवाददाताले भने वार्ता आइतबार पनि जारी रहने बताएका छन्। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए। उनीसँगै विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेड खुसनीर पनि सहभागी थिए। उनीहरूले इरानी संसदका सभामुख मोहम्मद बघर घालीबाफ र विदेशमन्त्री अब्बास अराघचीसँग करिब दुई घण्टा छलफल गरेका थिए।

अमेरिकी प्रशासनले भने वार्ता टुंगिएको हो वा होइन र के–कस्ता मतभेद बाँकी छन् भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। इरानी प्रतिनिधिमण्डल शुक्रबार कालो पोशाकमा शोक व्यक्त गर्दै इस्लामाबाद पुगेको थियो।

उनीहरूले युद्धमा मारिएका सर्वोच्च नेता अली खामेनी लगायत अन्य व्यक्तिहरूप्रति श्रद्धाञ्जली दिएका थिए। साथै, अमेरिकी बमबारीमा ज्यान गुमाएका केही विद्यार्थीका जुत्ता र झोला पनि साथमा ल्याइएको इरानले जनाएको छ।

पेन्टागनले उक्त आक्रमणबारे अनुसन्धान भइरहेको जनाएको छ, यद्यपि केही रिपोर्टअनुसार उक्त हमलामा अमेरिका नै जिम्मेवार हुनसक्ने अनुमान गरिएको छ। एक पाकिस्तानी स्रोतका अनुसार वार्ताको पहिलो चरणमा दुवै पक्षबीच कहिले सकारात्मक त कहिले तनावपूर्ण वातावरण देखिएको थियो।

यसैबीच, अमेरिका–इरान वार्तालाई ध्यानमा राख्दै २० लाखभन्दा बढी जनसंख्या रहेको इस्लामाबाद सहरमा कडा सुरक्षा व्यवस्था गरिएको थियो, जहाँ हजारौं अर्धसैनिक र सेना सडकमा खटाइएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…