नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न

नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
+
-
देशसञ्चार AI सारांश
  • रसियाको मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा नेपाली नयाँ वर्ष २०८३ लाई मनाउँदै करिब ३०० नेपाली सहभागीले सांस्कृतिक कार्यक्रमको आनन्द लिए।
  • प्रमुख अतिथि महेश्वरमणि त्रिपाठीलेpandemicपछिको रुसमा भएको कार्यक्रमबाट नेपाली कला, संस्कृतिको प्रवर्द्धन जारी रहने आशा गरे।
  • एनआरएनएको नेताहरूले विदेशमा नेपाली संस्कृति जोगाउन यसरी कार्यक्रम आयोजनाका लागि सबैलाई धन्यवाद दिदै भविष्यमा पनि निरन्तरताको योजना सुनाए।

मस्को (रसिया)- नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा कलाकारहरु रामजी खाँड, भूमिका गिरीलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए । कार्यक्रममा सहभागी नेपालीहरू ती कलाकारका साङ्गीतिक प्रस्तुतिसँगै रमाए ।

कार्यक्रमका प्रमुख अतिथि रसियाका लागि नेपालका कार्यवाहक राजदूत महेश्वरमणि त्रिपाठीले रुसमा कोभिड–१९ को महामारीपछि नेपालबाट कलाकार ल्याएर गरिएको यो कार्यक्रम पहिलो भएको उल्लेख गरे ।

उनले यसप्रकारका कार्यक्रमले परदेशमा पनि नेपाली कला र संस्कृति जोगाउन सहयोग पुगेको बताए। उनले भने, “नेपालीहरु नेपालबाट बाहिर गए पनि आफ्नो हृदयबाट नेपालीपनलाई कहिल्यै भुल्न सक्दैनन्, यो कार्यक्रम त्यसैको प्रतिफल हो । नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनेमा आशावादी छु ।”

त्यस अवसरमा एनआरएनए रुसका अध्यक्ष सिताराम कट्टेल (मिलन)ले कार्यक्रम आयोजनाका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । उनले यस्तो कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने र यसका लागि सबैको साथ सहयोग आवश्यक रहने बताए । उनले लामो समयपछि ठूलो मेहनतका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्न सफल भएको बताए।

एनआरएनएका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक संज्ञान कार्कीले विदेशमा नेपाली कला र संस्कृतिलाई जोगाइराख्न र यसको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए । उनले आगामी दिनमा पनि यसप्रकारका कार्यक्रम आयोजना गरी नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन गर्ने बताए ।

त्यस अवसरमा नेपालबाट यहाँ आएका कलाकारका साथै रुसमा रहेका नेपालीहरुले नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरेका थिए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…