पार्टी सदस्यता खारेज गर्न लागिएको भन्दै कार्यवाहक सभापतिको हैसियतमा खड्काको कडा आपत्ति

पार्टी सदस्यता खारेज गर्न लागिएको भन्दै कार्यवाहक सभापतिको हैसियतमा खड्काको कडा आपत्ति
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेसमा पार्टी सदस्यताको विषयमा आन्तरिक विवाद हुँदा असन्तुष्ट पक्षले आपत्ति जनाएको छ।
  • पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका गतिविधिहरू र क्रियाशील सदस्यता खारेजीको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन्।
  • देउवा पक्षले निर्वाचन आयोगको वैधानिकताको चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ – पार्टी सदस्यताको विषयलाई लिएर कांग्रेसमा फेरि आन्तरिक किचलो छरफष्ट भएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले पार्टीका सम्पूर्ण क्रियाशिल सदस्यहरुले अब वडा तहमै पुगेर अध्यावधिक गराउनुपर्ने बताएपछि असन्तुष्ट पक्षले आपत्ति जनाएको हो।

नेता पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिकै हैसियतमा सोमबार विज्ञप्ति जारी गर्दै क्रियाशिल सदस्यता खारेज गर्न लागिएको भन्दै कडा आपत्ति जनाएका छन्। उनले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशनका नाममा भएका गतिविधि र क्रियाशील सदस्यता खारेजीको घोषणा गरिएको भन्दै विरोध जनाए।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि शेरबहादुर देउवा पक्ष त्यसलाई चुनौति दिँदै सर्वोच्च अदालत पुगेको छ।

खड्काले आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकपक्षीय रूपमा गरिएका निर्णयहरू अवैधानिक र पूर्वाग्रही भन्दै त्यसलाई अस्वीकार गर्ने जनाएका छन्।

खड्काले विज्ञप्तिमा भनेका छन्, ‘कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत पार्टी सदस्यता खारेज गर्ने विषय हुन सक्दैन। यो सदस्यता त नेपालको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँमा योद्धा र शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा हो।’

उनले वैधानिक रुपमा पार्टीको विधानले तोकेको व्यवस्था बाहेक अरु कुनै पनि कारणबाट पार्टीको सदस्यता खारेज हुन नसक्ने दाबी गरेका छन्।

विशेष महाधिवेशन अघि कांग्रेसले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा १५औँ नियमत महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। खड्काले अब उक्त मितिलाई आधार मानेर पारित महाधिवेशनका कार्यक्रम अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।

उनले छुटेका साथीहरूलाई उचित अवसर दिँदै निर्धारित कार्यतालिका भित्रै महाधिवेशन गरिनुपर्ने जनाएका छन्।

उता विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महान्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यता खारेज नभई अध्यावधिक गर्न लागिएको जनाएका छन्।

पौडेलले खड्काको भनाइप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दै छौँ । अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरूको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…