- मोरङ प्रहरीले विराटनगरमा भन्सार छलि गरी ल्याइएका ११ लाख ११ हजार रुपैयाको सरसमान बरामद गरेको छ।
- प्रहरीले दुई टेम्पोबाट ७ लाख ९५ हजार ८ सय रुपैयाका लत्ताकपडा र १६ हजार रुपैयाको मटर दाना फेला पारे।
- बरामद सामानमा कुर्तासुरुवाल, म्याक्सी, विभिन्न कपडा र मटर दाना रहेका छन्, जसलाई भन्सारमा बुझाइएको छ।
मोरङ – मोरङ प्रहरीले भारतबाट चोरी पैठारी भएर विराटनगर ल्याइएका ११ लाख रुपैया बढिको सरसमान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगर वडा नम्बर ६ मा राति साढे ९ बजे भारतबाट भन्सार छलि गरि ल्याइएका ११ लाख ११ हजार रुपैया बराबरको लत्ता कपडा र खाद्यान्न बरामद गरेको हो।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार विराटनगरमा को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरको दुई वटा टेम्पोबाट ती सामग्री बरामद गरिएको जानकारी दिए। प्रहरीले पाएको सूचना अनुसार दुई वटा टेम्पोमा भन्सार छलिका सामान भित्रिएको खबरसंगै प्रहरीले विशेष चेकजाँच गर्ने क्रममा ती सामग्री बरामद भएको उनले बताए।उनका अनसार भन्सार छली भित्रिएका समानमा ७ लाख ९५ हजार ८ सय रुपैया बराबरका कुर्तासुरुवात, म्याक्सी, बच्चाको कुर्तालगायत छन्।

प्रहरीले ३ लाख रुपैया बराबरको टेम्पोसहित १६ हजार रुपैया बराबरको पाँच बोरा हरियो मटर दानापनि बरामद गरेको छ। प्रहरीका अनुसार मटर दाना भने १ सय ९० किलो रहेको छ। त्यसैगरि, कुर्ता सुरुवाल सलसेट २ सय प्रति, कुर्ता सुरुवाल २ सय ४४ प्रति, कुर्ता टप ३९ प्रति हाप कुर्ता २ सय ८५ प्रति रहेको छ। त्यसैगरि, लेडिज कर्ट सेट १ सय ७५ प्रति, पुरुष हाफ भेष्ट ९४ प्रति, लेडिज सुरुवाल १ सय ८ प्रति लगायत रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको सरसमान प्रहरीले टेम्पोसहित भन्सार कार्यालय रानीमा बुझाइएको जनाएको छ।
भर्खरै
लोकप्रिय
