काठमाडौँ – महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको नियुक्ति बदरको माग गर्दै पेश भएको रिट निवेदन दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध निवेदन दर्ता भएको छ।
अधिवक्ता माधवकुमार बस्नेतले महान्यायाधीवक्त हुन आवश्यक पर्ने न्युनतम योग्यता कडेलसँग नभएकाले नियुक्ति नै बदर गर्न माग गर्दै बस्नेतले पेश गरेको रिट सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले चैत २७ गते दरपीठ गरेका थिए।
उक्त दरपिठविरुद्ध बस्नेतले सोमबार इजलास समक्ष निवेदन दिएका हुन्। निवेदनमाथि वैशाख ३ गते सुनुवाइ हुनेछ।
महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चले दरपीठ गर्यो
लामो समय बेलायत बसेर आएका कडेलसँग महान्यायाधीवक्ता हुन संविधानको धारा १५७ (३) र १२९ (५) ले निर्धारण गरेको योग्यता नभएको जिकिर बस्नेतले गरेका छन्। धारा १५७ (३) अनुसार महान्यायाधीवक्ता हुन सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता हुनुपर्ने उल्लेख छ। कँडेलसँग १५ वर्ष निरन्तर वकालत गरेको योग्यता नभएको दाबी छ।
उनीसँग संविधानले तोकेको निष्कलंक छवि र नियुक्ति गर्दा स्वार्थ बाझिने दाबी अधिवक्ता बस्नेतको छ।
भर्खरै
लोकप्रिय
