सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको छः सांसद विष्ट

सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको छः सांसद विष्ट
+
-

काठमाडौँ – राष्ट्रिय सभाका सांसद नरबहादुर विष्टले सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन्।

सोमबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सरकारले दुई तिहाइको बलमा संविधान र कानुनमाथि आक्रमण गरिरहेको बताएका हुन्।

संविधान, कानुन र विधि नजानेकाहरूले मुलुकलाई अप्ठयारोमा पार्ने अवस्था रहेको सांसद विष्टको भनाइ थियो।

उनले भने, ‘विद्यार्थी संगठन हुँदै पार्टीमाथि नै प्रतिबन्ध लगाउने यिनीहरुको जुन हर्कत देखिँदै छ, प्रधानमन्त्री कार्यालयमा कानुन नै थाहा नभएका मानिसहरुको बिगबिगी छ। न यिनले संविधान पढेका छन्, न कानुन पढेका छन्। न विधि पढेका छन, अनुशासन। दुई तिहाइ भयो, जबरजस्ती गरिहालिन्छ भन्ने बुझाइ छ।’

सांसद विष्टले सरकारले अनावश्यक रुपमा सेवा सुविधा लिने काम गरिरहेको भन्दै आपत्तिसमेत जनाए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…