कर्णाली नदीमा पौडी खेल्ने क्रममा ११ वर्षीय बालक बेपत्ता

कर्णाली नदीमा पौडी खेल्ने क्रममा ११ वर्षीय बालक बेपत्ता
सांकेतिक तस्बिर ।
+
-

मुगु – मुगु जिल्लाको सोरु गाउँपालिका–४ रावलवाडा निवासी धनबहादुर मल्लका ११ वर्षीय छोरा आकाश मल्ल कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।

आइतबार अपराह्न करिब ४ः३० बजेतिर पिपलमुडा स्थित हुम्ला कर्णाली नदीमा पौडी खेल्ने क्रममा आकाश बगेको प्स्थारहरी नायब उपरिक्षक रबिराज थपलियाले जानकारी दिए ।

घटनाको खबर करिब ५ः४५ बजे अस्थायी प्रहरी पोस्ट तुम्च, हुम्लामा पुगेपछि प्रहरी टोली तत्काल परिचालन गरिएको थियो।

प्रहरी सहायक निरीक्षक टेकराज पाण्डेको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा पुगेर खोजतलास गर्दा आकाशले लगाएको चप्पल र कपडा नदी किनारमा फेला परेको तर बालक भने बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी सोरु मुगु बाट करिब ३ घण्टाको दूरीमा पर्छ भने अस्थायी प्रहरी पोस्ट तुम्च हुम्लाबाट करिब ३ किलोमिटर दक्षिणमा रहेको छ। घटनापछि प्रहरी नायब निरीक्षक देवबहादुर खडकाको कमाण्डमा ४ जनाको अर्को टोली समेत परिचालन गरिएको बताईएको छ । हाल बालकको खोजतलास कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…