प्रधानमन्त्रीले सचेत गराएलगत्तै स्वास्थ्यमन्त्री मेहताले गरिन् अर्को ‘अनियमितता’

प्रधानमन्त्रीले सचेत गराएलगत्तै स्वास्थ्यमन्त्री मेहताले गरिन् अर्को ‘अनियमितता’
+
-
देशसञ्चार AI सारांश
  • स्वास्थ्य मन्त्री निशा मेहताले औषधि व्यवस्था विभागमा ११ औँ तहको पदलाई बेवास्ता गर्दै १० औँ तहकी शिवानी खड्कीलाई नियुक्त गरिन्।

  • प्रधानमन्त्री शाहको चेतावनीको अर्को दिन नै मंत्रीस्तरीय निर्णयमार्फत खड्गीलाई महानिर्देशकमा बढुवा गरयो, जसले सरकारको मापदण्डलाई चुनौती दियो।

  • १०औँ तहकी खड्कीलाई नियुक्त गर्दा ११औँ तहका भरत भट्टराईलाई नजरअन्दाज गरिनु नियमानुकूल भएको भन्दै आलोचना भएको छ।

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले प्रधानमन्त्री वालेन्द्र शाहले सचेत गराएको अर्को दिन नै फेरि अर्को अनियमितता गरेकी छन्।

उनले औषधि व्यवस्था विभागमा ११ औँ तहका सहसचिव महानिर्देशक हुनुपर्ने भए पनि त्यसलाई लत्याउँदै १० औँ तहकी शिवानी खड्कीलाई महानिर्देशक बनाएकी हुन्।

स्वास्थ्य विमा बोर्डको सदस्यमा जुनु श्रेष्ठलाई नियुक्ति दिँदा पदीय जिम्मेदवारी निर्वाह नगरेको भन्दै चैत २६ गते प्रधानमन्त्री शाहले सचेत गराएको अर्को दिन चैत २७ गते खड्गीलाई मन्त्रीस्तरीय एकल निर्णय गर्दै महानिर्देशकमा नियुक्त गरेकी हुन्।

श्रेष्ठ तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहकी श्रीमती हुन्। साहलाई त प्रधानमन्त्री शाहले मन्त्री पदबाटै बर्खास्त गरेका थिए।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य विमा बोर्डमा चलखेल हुँदासमेत पदीय जिम्मेवारी निर्वाह गर्न नसकेकी मन्त्री मेहता तत्कालीन समयमा बर्खास्तीमा पर्नबाट बचेकी थिइन्।

तर सचेत गराइए पनि फेरि अर्को अनियमिततालाई भने उनले निरन्तरता दिइरहेकी छिन्। औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायण ढकाल स्वास्थ्य मन्त्रालयमा तानिएपछि निमित्त महानिर्देशक नियुक्त गर्दा मन्त्री मेहताले सरकारको मेरिटोक्रेसीलाई मात खुवाउने गरी ११औँ तहलाई पाखा लगाएर १०औँ तहलाई नियुक्त गरेकी छन्।

औषधि व्यवस्था विभागकी नवनियुक्त नि. महानिर्देशक खड्गी १०औँ तहकी हुन्। उनी औषधि व्यवस्थापक थिइन्।

तर सोही कार्यालयमा ११औँ तहका भरत भट्टराईलाई भने मन्त्री मेहताले देखिनन्। उनी राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक हुन् र पूर्व महानिर्देशकसमेत हुन्।

१०औँ तहकी खड्की नि.महानिर्देशक बनेपछि अब उनले ११औँ तहका भट्टराईलाई निर्देशनसमेत दिन नैतिक कठिनाई बेहोरेकी छिन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…