क्यालिफोर्नियामा ‘नेपाल उत्सव’ को आयोजना

क्यालिफोर्नियामा ‘नेपाल उत्सव’ को आयोजना
+
-
देशसञ्चार AI सारांश
  • सान फ्रान्सिस्कोमा सम्पन्न नेपाल उत्सवमा नेपाली कला, संस्कृति र परम्परालाई चिनाउने उद्देश्यले विविध गतिविधिहरू आयोजना गरिए।
  • सहरको मुख्य मार्केट स्ट्रिटमा आयोजित ‘नेपाल डे परेड’ले नेपाली संस्कृति र झाँकीहरू प्रदर्शन गर्दै सडकलाई नेपालीमय बनायो।
  • स्थानीय अमेरिकी र विभिन्न देशका अधिकारीहरूले नेपाली समुदायलाई हौसला दिँदै उत्सवमा उत्साहपूर्वक भाग लिएका थिए।

काडमाडौं- अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, वेशभूषा र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा अमेरिकाका विभिन्न सहरबाट नेपाली समुदायको बाक्लो उपस्थिति थियो। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्निया र अन्य स्थानीय संस्थाहरूको संयुक्त आयोजनामा यो उत्सव सम्पन्न भएको हो।

उत्सवको मुख्य आकर्षण सान फ्रान्सिस्को सिटी हलबाट सुरु भएको ‘नेपाल डे परेड’ रह्यो। एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको उक्त परेडका लागि सहरको मुख्य मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरिएको थियो। परेडमा विभिन्न जातीय झाँकी, पञ्चेबाजा, धिमे, लाखे नाच, कुमारी र पञ्चकन्याको प्रदर्शनले सान फ्रान्सिस्कोको सडकलाई नेपालीमय बनाएको थियो।

नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकीहरूले पनि रुचिपूर्वक अवलोकन गरेका थिए। कार्यक्रममा नेपाली समुदायलाई हौसला दिन स्थानीय जनप्रतिनिधि, बे एरियाका मेयर, सिटी काउन्सिल सदस्य र विभिन्न देशका कूटनीतिक अधिकारीहरूको सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिनुभयो। लस एन्जलस, सानडिएगो र साक्रामेन्टो लगायतका आसपासका सहरबाट समेत ठुलो संख्यामा नेपालीहरू उत्सवमा सहभागी हुन पुगेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…