फोटो खिच्ने नयाँ स्पट बन्यो ज्याकराण्डाले सिंगारिएको लेकसाइडको गौरीघाट

फोटो खिच्ने नयाँ स्पट बन्यो ज्याकराण्डाले सिंगारिएको लेकसाइडको गौरीघाट
+
-
देशसञ्चार AI सारांश
  • पोखराको गौरीघाट क्षेत्रमा बैजनी रङ्का ज्याकरण्डा फूल फुल्दै पर्यटकहरू आकर्षित गर्दै छ ।
  • यो मौसममा युवायुवती र परिवारहरू फोटो खिच्न व्यस्त देखिएपछि पर्यटन चहलपहल बढेको छ ।
  • स्थानीय सरकारले गौरीघाटको सौन्दर्य संरक्षण तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा फूलले ढकमक्क बनेको छ । सडक किनारमा फुलेका आकर्षक ज्याकरण्डा फूलले वातावरणलाई रमणीय बनाएको छ भने तस्बिर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड पनि बढ्न थालेको छ ।

फेवाताल किनार नजिक रहेको गौरीघाट क्षेत्रमा फूल फुलेसँगै बिहानदेखि साँझसम्म घुम्न आउने मानिसहरूको चहलपहल बढेको छ । विशेषगरी युवायुवती, परिवार तथा विदेशी पर्यटकहरू ज्याकरण्डाको सौन्दर्यसँग रमाउँदै फोटो तथा भिडियो खिच्न व्यस्त देखिन्छन् ।

हरेक वर्ष वैशाख–जेठ महिनामा ज्याकरण्डा फूल फुल्ने गर्छ । बैजनी रङका फूलले सडक नै रंगिएजस्तो देखिने भएकाले यो समय गौरीघाट घुम्न आउनेको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ । सामाजिक सञ्जालमा पनि गौरीघाटका तस्बिर र भिडियोहरू व्यापक रूपमा साझा हुन थालेपछि थप पर्यटक आकर्षित भएका छन् ।

पर्यटकहरूका लागि अहिले गौरीघाट ‘फोटो स्पट’ को रूपमा परिचित बन्दै गएको छ । फेवाताल, हिमालको दृश्य र ज्याकरण्डा फूलको संयोजनले यहाँको वातावरण अझ आकर्षक बनेको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार ज्याकरण्डा फुल्ने मौसमले पोखराको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । होटल, रेस्टुरेन्ट तथा डुंगा व्यवसायमा समेत चहलपहल बढ्न थालेको उनीहरूको भनाइ छ ।

स्थानीय सरकारले पनि गौरीघाट क्षेत्रको सौन्दर्य संरक्षण र व्यवस्थित प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरू बताउँछन् ।

तस्बिर: अर्जुन गाहा,पोखरा/नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…