श्रमदानबाट ढुङ्गेधारा निर्माण

श्रमदानबाट ढुङ्गेधारा निर्माण
Screenshot
+
-
देशसञ्चार AI सारांश
  • छायाँनाथ रारा नगरपालिकामा निर्माण गरिएको ढुङ्गेधारा हालै औपचारिक रूपमा सञ्चालनमा आएको छ, जसका लागि सामूहिक श्रमदान अभियान सञ्चालन गरियो।

  • ढुङ्गेधाराले नगरपालिकामा सेवा तथा अभियानलाई निरन्तरता दिने क्रममा सफा पिउने पानी सहज रूपमा उपलब्ध गराउन योगदान गर्यो।

  • श्रमदान अभियानले करिब २५ लाख रुपैयाँ खर्च हुने योजना करिब ३ लाख रुपैयाँमै सफलतापूर्वक सम्पन्न गर्यो।

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका परिसरमा श्रमदानमार्फत निर्माण गरिएको ढुङ्गेधारा सञ्चालनमा आएको छ। नगर प्रमुख विष्णु कुमार भाम को अगुवाइमा निर्माण गरिएको उक्त ढुङ्गेधारा हालै औपचारिक रूपमा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकामा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई चौबिसै घण्टा स्वच्छ खानेपानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ढुङ्गेधारा निर्माण गरिएको नगर प्रमुख भामले बताएका छन्।

उनका अनुसार सामूहिक श्रम, सहकार्य र जनसहभागिताबाट कम लागतमा पनि प्रभावकारी विकास निर्माणका काम सम्पन्न गर्न सकिने सन्देश यस अभियानले दिएको छ। नगर प्रमुख भामको नेतृत्वमा हरेक शनिबार तथा आवश्यकता अनुसार शुक्रबारसमेत गरि करिब साढे ३ किलोमिटर दुरीबाट पानी ल्याई नियमित श्रमदान अभियानमार्फत ढुङ्गेधारा निर्माण सम्पन्न गरिएको हो।

यस अभियानमा जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। निर्माण कार्यमा कुल १ हजार ५४ जनाको श्रमदान सहभागिता रहेको बताइएको छ।

नगरपालिकाले दिएको जानकारी अनुसार ढुङ्गेधारा निर्माणका लागि पाइप, सिमेन्ट, ढुङ्गाको धारा, डिजेल लगायत सामग्री खरिदमा करिब ३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। उक्त रकममध्ये केही हिस्सा छायाँनाथ रारा नगरपालिका को लगानी तथा विभिन्न व्यक्तिबाट चन्दा स्वरूप प्राप्त सहयोगबाट व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ।

करिब २५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको योजना श्रमदानका कारण करिब ३ लाख रुपैयाँमै सम्पन्न भएको नगर प्रमुख भामले बताए। उनका अनुसार यस योजनाले “श्रम गरे असम्भव काम पनि सम्भव हुन्छ” भन्ने प्रेरणा दिएको छ।

नगरपालिका परिसरमै ढुङ्गेधारा सञ्चालनमा आएपछि सेवा लिन आउने सेवाग्राही, कर्मचारी तथा सर्वसाधारणलाई खानेपानीका लागि सहज भएको स्थानीयले बताएका छन्। नगर प्रमुख भामले आफ्नो कार्यकालभर हरेक शनिबार श्रमदान अभियानलाई निरन्तरता दिँदै आएको जनाइएको छ। हालसम्म श्रमदानबाट मात्रै ४१ वटा योजना निर्माण भइसकेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…