बाँकेकाे नाैबस्ता कारागारमा लफडा

बाँकेकाे नाैबस्ता कारागारमा लफडा
+
-
देशसञ्चार AI सारांश
  • नाैबस्ता कारागारमा दुई समूहबीचको विवादपछि गएकाे रातिदेखि कारागारमा लफडा भएकाे थियाे।
  • नाइके महासँले मन नपरेका कैदीबन्दीलाई दमन गर्ने आराेप रहेको छ।
  • विवाद नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारीले ताला फाेडेर केही कैदीबन्दीलाई अन्यत्र सरुवा गर्ने तयारी गरेका छन्।

नेपालगन्ज – बाँकेकाे नाैबस्ता कारागारमा लफडा भएकाे छ। दुई समूहबीच एक-अर्कालाई निषेध गर्ने गरी विवाद भएपछि गएरातिदेखि नै कारागारमा लफडा भएकाे थियाे।

नाइकेकाे व्यवहारलाई लिएर विवाद भएकाे बताइएकाे छ। केही कैदीबन्दीलाई बी ब्लकबाट डीमा सारेपछि विवाद सुरु भएकाे थियाे। कारागारमा नाइके शक्तिशाली हुन्छन्। भित्र उसकाे खटन-पटन हुन्छ।

नाइकेले आफ्नाे मान्छेलाई च्याप्ने र मन नपरेकाेलाई दमन गर्ने गर्दछन्। अहिले पनि दमन गरेकाे अर्काे पक्षकाे आराेप रहेकाे छ। नाइकेकाे छनाैट साउनमा हुन्छ। एउटा समूहले आफ्नाे मान्छेलाई नाइके बनाउन लफडा सुरु गरेकाे अर्काे पक्षकाे भनाइ छ।

विवाद बढेपछि दुई समूहका कैदी-बन्दी ढाेका थुनेर बसेका छन्। भित्र ठूलाे झडप हुन नदिन बिहानदेखि नै ठूलाे संख्या प्रहरी परिचालन गरिएकाे थियाे। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी, दुई एसपी दिनभरी नाैबस्तामा खटिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले ताला फाेडेर विवाद गर्नेलाई बाहिर निकालेकाे बताए। उनले एक दर्जनलाई अन्यत्र सरुवा गर्ने तयारी भइरहेकाे जानकारी दिए। त्यसका लागि विभागबाट अनुमति लिइसकिएकाे छ। ताला फाेडेर प्रहरी भित्र जादा प्रतिकार नभएपछि झडप नभएकाे खत्रीले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…