अ
+
अ
अ
-
हुम्ला – निजी क्षेत्रको सीता एयरले सिमकोट विमानस्थलमा उडान भरेको छ। मानसरोवर कैलाशको सिजन भएसँगै पर्यटक भित्रिने चाप बढेपछि उक्त एयरले यस वर्षको सबैभन्दा ढिलो गरी आइतबार उडान भरेको हो।
सीता एयरले नेपालगञ्जबाट सिमकोटका लागि आइतबार बेलुकी ५ बजेर ५० मिनेटमा उडान भरेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाले जनाएको छ।
त्यस्तै, अन्तिम उडानमा सिमकोटबाट सीताले ६ बजेर बाह्र मिनेटमा नेपालगञ्जका लागि उडान भरेको छ। यस्तै, दिउँसो तीन बजेसम्म समिट र तारा एयरले दुई–दुई उडान भरेका थिए।
भर्खरै
लोकप्रिय
