हराउँदै छन् हिमाली भेगका परम्परागत फलफूल, नयाँ बिरुवा रोप्नेतर्फ छैन चासो

हराउँदै छन् हिमाली भेगका परम्परागत फलफूल, नयाँ बिरुवा रोप्नेतर्फ छैन चासो
+
-
देशसञ्चार AI सारांश
  • मुगुका हिमाली क्षेत्रमा पाइने परम्परागत फलफूलका रूखहरू लोप हुँदै जाँदा स्थानीयवासी चिन्तित भएका छन्।
  • पुराना रूखहरू सुक्दै जाँदा नयाँ बिरुवा रोप्नेतर्फ ध्यान नपुग्नु गम्भीर परिणामको संकेत हो।
  • बिना संरक्षण, जैविक विविधता र स्थानीय पहिचानका लागि महत्वपूर्ण रैथाने फलफूलका प्रजाति संकटमा पर्नेछन्।

मुगु- मुगुको हिमाली क्षेत्रमा पाइने परम्परागत फलफूलका रूखहरू पछिल्ला वर्षमा क्रमशः लोप हुने अवस्थामा पुगेका छन्। स्थानीय रूपमा पाइने चुली, चरीआरू, ओफरे, गोरू जातका आरू, कालो बेरू तथा कालो ऐंसेलुजस्ता रैथाने फलफूलका प्रजाति घट्दै जाँदा स्थानीयवासी चिन्तित बनेका छन्।

एक समय गाउँका पाखापखेरा, वन क्षेत्र तथा घरआँगन वरिपरि प्रशस्त पाइने यी फलफूलका रूखहरू अहिले दुर्लभ बन्दै गएका छन्। पुराना रूखहरू सुक्दै र नष्ट हुँदै गए पनि नयाँ बिरुवा रोप्ने तथा संरक्षण गर्ने कार्य प्रभावकारी रूपमा हुन सकेको छैन।

साेरू गाउँपालिका- ८ का किसान डिलबहादुर बम भन्छन्, “पहिले गाउँ वरपर चुली, चरीआरू, ओफरे, गोरू जातका आरू, कालो बेरू र कालो ऐंसेलु प्रशस्त पाइन्थे। अहिले पुराना रूखहरू सुक्दै गएका छन्, तर नयाँ बिरुवा रोप्नेतर्फ कसैको ध्यान पुगेको छैन। यही अवस्था रहे केही वर्षपछि यी फलफूल नाममै सीमित हुन सक्छन्।”

स्थानीयका अनुसार यी फलफूल केवल खाद्य स्रोत मात्र नभई हिमाली क्षेत्रको जैविक विविधता र स्थानीय पहिचानका महत्वपूर्ण सम्पदा पनि हुन्। बजारको पहुँच विस्तार भएसँगै बाहिरबाट ल्याइने फलफूलको प्रयोग बढ्नु, युवा पुस्ताको गाउँप्रतिको आकर्षण घट्दै जानु तथा संरक्षण कार्यक्रमको अभावजस्ता कारणले रैथाने प्रजातिहरू संकटमा पर्दै गएका छन्।

कृषि तथा वन क्षेत्रका जानकारहरू स्थानीय वातावरणसँग अनुकूलित यस्ता रैथाने प्रजातिको संरक्षणका लागि समुदाय र स्थानीय तहले विशेष पहल गर्नुपर्ने बताउँछन्। उनीहरूका अनुसार समयमै संरक्षण र वृक्षारोपण अभियान सञ्चालन नगरे हिमाली भेगका यी मौलिक फलफूलका प्रजाति लोप हुने जोखिम बढ्दै जानेछ।

स्थानीयवासीहरूले परम्परागत फलफूलका बिरुवा उत्पादन, संरक्षण र विस्तारका लागि सम्बन्धित निकायले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार हिमाली भूगोलको पहिचानसँग जोडिएका चुली, चरीआरू, ओफरे, गोरू जातका आरू, कालो बेरू र कालो ऐंसेलुजस्ता फलफूल जोगाउन तत्काल प्रभावकारी पहल आवश्यक छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…