प्रधानमन्त्रीलाई श्रम संस्कृति पार्टीको प्रश्नः भारतले मागे कुन चाहीँ भूमि फिर्ता दिनुहुन्छ ?

प्रधानमन्त्रीलाई श्रम संस्कृति पार्टीको प्रश्नः भारतले मागे कुन चाहीँ भूमि फिर्ता दिनुहुन्छ ?
+
-
देशसञ्चार AI सारांश
  • श्रम संस्कृति पार्टीले प्रधानमन्त्री साहले संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भन्दै तत्काल माफी माग्नुपर्ने माग गरेको छ।
  • सांसद आरएन राईले नेपालको भूमि भारतले मिचेको अभिव्यक्तिलाई राष्ट्रहित विपरित भन्दै संसदमा माफी माग्नुपर्ने बताएका छन्।
  • सांसद राईले प्रधानमन्त्री साहको अभिव्यक्तिले नेपालका सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताको विषयलाई कमजोर बनाएको टिप्पणी गरे।

काठमाडौँ – हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको राष्ट्रघाती अभिव्यक्तिबारे तत्काल माफी माग्नुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री साहले नेपालको पनि भारतको धेरै भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति राष्ट्रहित विपरित रहेको निष्कर्ष निकाल्दै संसदको रोष्टमबाट नै माफी माग्नुपर्ने माग उक्त पार्टीका सांसद आरएन राईले गरेका हुन्।

सोमवार प्रतिनिधि सभा बैठकमा उनले भारतले पनि हाम्रो भूमि फिर्ता गर भनेर माग्यो भने कुन भूमि फिर्ता दिने ? भनि प्रधानमन्त्री शाहलाई प्रश्न गरे। सांसद राईले नेपालले कुनै पनि मुलुकको भूमि नमिचेको पनि पटक पटक बताए।

उनले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले आफूलाई गहिरो दुखी र लज्जावोध गराएको टिप्पणी गरे।

सांसद राईले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले मलाई गहिरो दुःख र लज्जावोध भइरहेको छ । नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता र राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनीतिक दल, सरकार वा व्यक्तिको मात्रै विषय होइन । सम्माननीय प्रधानमन्त्रीज्यूको त्यो रेकर्डबाट हटाउने कुरा मात्रै होइन, इतिहासमा यस्तो नजिर स्थापित भयो, भोली तिम्रो प्रधानमन्त्रीले नै भनेको हो, हाम्रो भूमि मिचेको हो, फिर्ता ल्याउ भन्छ भने कुन भूमि फिर्ता दिने सभामुख महोदय ?’

सांसद राईले प्रधानमन्त्री साहले नेपालको इतिहासमा नै सबैभन्दा कमजोर, मिथ्या र तथ्यहीन अभिव्यक्ति दिएको उल्लेख गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…