‘महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गरिन्छ’

‘महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गरिन्छ’
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै हकहित सुनिश्चित गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए।
  • स्वास्थ्य स्वयंसेवी संघ लुम्बिनी प्रदेश समितिले अवकाश सुविधा, तालिम, सामाजिक सुरक्षा कोष लगायतका नौ बुँदे माग प्रस्तुत गर्यो।
  • मुख्यमन्त्रीले प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने मागहरू प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन्।

नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको उल्लेख गरे। मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, परिवार नियोजन, पोषण तथा जनचेतनामूलक कार्यक्रममार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूले पुर्‍याएको योगदान उच्च छ।

संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले नौ बुँदे माग तथा सुझावपत्र पेश गरेको थियो। टोलीले सेवा अवधि पूरा गरी ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवकाश सुविधा, क्षमता अभिवृद्धिका लागि तालिम, सामाजिक सुरक्षा कोषमा आबद्धता, चाडपर्व खर्च, दुर्घटना तथा मृत्यु राहत कोष, मासिक प्रतिवेदन भत्ता लगायतका मागहरू राखेको छ। प्रदेश सरकारले अवकाश भएर जाने स्वयंमसेविकाकालागी ५० हजार दिदै आएको छ।

मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूका मागहरू अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल स्वास्थ्य स्वयंसेवी संघले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको संस्थागत सम्मान, सामाजिक सुरक्षा तथा सेवा सुविधाको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…