खार्पुको स्टिल ट्रष्ट मोटरेबल पुल निर्माण अन्तिम चरणमा

खार्पुको स्टिल ट्रष्ट मोटरेबल पुल निर्माण अन्तिम चरणमा
दोजाम कर्णाली नदीमाथि अन्तिम चरणमा पुगेको स्टिल ट्रष्ट मोटरेबल पुल। तस्बिरः देश सञ्चार, हुम्ला
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिकामा कर्णाली नदीमाथि स्टिल ट्रष्ट मोटरेबल पुलको निर्माण ८७ प्रतिशत सम्पन्न भएको छ।
  • हिल्सा–सिमकोट सडक योजनाका इञ्जिनियरका अनुसार सम्झौता भएपनि काम ढिला भएपछि कम्पनीले तीव्रता दिएको हो।
  • निर्माण अन्तिम चरणमा रहेपनि हालसम्म बीस प्रतिशत मात्र वित्तीय प्रगति भएको उल्लेख गरिएको छ।

हुम्ला – सम्झौता भएको साढे चार वर्षपछि कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण भइरहेको स्टिल ट्रष्ट मोटरेबल पुल निर्माण ८७ प्रतिशत पुगेको छ।

हिल्सा–सिमकोट सडक योजनाको बारम्बारको ताकेतापछि जेठ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने भएपछि निर्माण कम्पनीले पुल निर्माणको कामलाई तीव्रता दिएको हो।

हिल्सा–सिमकोट सडक योजनाका इञ्जिनियर कुशल भुसालले उक्त पुल निर्माण साढे चार वर्षअघि सुरु गर्ने गरी निर्माण कम्पनी स्वच्छन्द माउण्ट पुमरी जेभी नुवाकोटसँग कार्यालयले सम्झौता गरे पनि यतिबेला कामले तीव्रता पाएसँगै निर्माण अन्तिम चरणमा पुगेको बताए।

कम्पनीसँग २०७८ साल असोज १४ गते हिल्सा सिमकोट सडक योजनाले सम्झौता गरेको थियो। त्यतिबेला काम सुरु भएपछि पूर्वपट्टिको भागमा तातोपानी निस्किँदा एक वर्ष काम रोक्नुपरेको थियो। पछि मोटरबाट तातोपानी तानेर फाल्दै पुलको संरचना निर्माण सुस्त गतिमा भए पनि यस वर्षबाट भने कामले तीव्रता पाएको हो।

पुलको दुवैतर्फका संरचना निर्माण भइसकेको र पुलका लागि आवश्यक पर्ने स्टिल पार्टको जडान सम्पूर्ण रुपमा सम्पन्न भइसकेको छ। नदी कटानबाट पुललाई जोगाउन दुवैतर्फ ग्याबिन र मेसिनरी वाल लगाउने कार्य पनि भइसकेको छ।

निर्माण कम्पनीले बिहानदेखि बेलुका साँझ नपरुन्जेलसम्म काम धमाधम गरिरहेको छ। हालसम्म उक्त पुलको ८७ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको र अब पुलको दुवैतर्फ पहुँच सडक निर्माण गर्ने र पुलको ढलान मात्र बाँकी रहेकोमा त्यो पनि एक दुई दिनमा काम सुरु गर्ने तयारी भइरहेको छ।

५५ मिटर लम्बाई र दश मिटर चौडाइ भएको सो पुल निर्माणका लागि यो बीचमा २०८० साल असोज ६ गते म्याद थप गरिएको थियो। पुल निर्माणका लागि कुल लागत ११ करोड ८३ लाख ९४ हजार ५०८ दशमलव ५२ रुपैयाँमा कार्यालयले निर्माण कम्पनीसँग सम्झौता गरेकोमा हालसम्म बीस प्रतिशत मात्र वित्तीय प्रगति भएको छ।

अब पुल निर्माण ढिलोका असार १५ भित्र सक्ने निर्माण कम्पनीले जनाएको छ। यसअघि सो पुलको निर्माण कार्य ढिलाइ भएको भन्दै हुम्लावासीले उक्त नदीमा बेलिब्रिज माग गरेअनुसार निर्माण भइरहेको पुलभन्दा केही माथि बेलिब्रिज निर्माण गरिएको छ।

बेलिब्रीज निर्माण भएपछि सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग गत वर्ष असार २२ गतेबाट जोडिएको थियो।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…