रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
+
-

मोरङ – मोरङको रतुवामाई नगरपालिकाबाट विदेश पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रोमानिया पठाइदिने नाममा स्थानीय सर्वसाधारणबाट ठूलो रकम ठगी गरेका म्यानपावर सञ्चालक रतुवामाई–८ का ३७ वर्षीय उद्धव पाठक र म्यानपावरका लेखापाल २५ वर्षीय अभि भण्डारीलाई पक्राउ गरिएको हो।

उनीहरूले पछिल्लो समय नगरपालिकास्थित दाम्राभिट्टामा के एस ए नामक म्यानपावर सञ्चालन गर्दै आएको मोरङ प्रहरीका एक अधिकृतले जानकारी दिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बू नेतृत्वको टोलीले सोमबार साँझ पक्राउ गरेको हो।

पाठक र भण्डारीविरुद्ध ठगी मुद्दा चलाउन मंगलबार अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कट्वालले जानकारी दिए। हाल दुवैजनालाई सिजुवास्थित प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

कट्वालका अनुसार रोमानिया पठाउने नाममा उनीहरूले सर्वसाधारणबाट लाखौं रकम उठाएको देखिएको छ। म्यानपावर सञ्चालक पाठकलाई लामो समयदेखि प्रहरीले खोजी गरिरहेको थियो।

प्रहरीका अनुसार उनीविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा र उर्लाबारी तथा जिल्ला प्रहरी कार्यालय मोरङसहित काठमाडौँमा पनि किटानी जाहेरी परेको पाइएको छ। तर पाठक भने रोमानियामै बस्दै आएका कारण पक्राउ परेका थिएनन्। पाठक केही समयअघि नेपाल फर्किएसँगै पक्राउ परेका हुन्।

पाठकले एक सयभन्दा बढी व्यक्तिसँग रकम उठाएको प्रहरी अनुसन्धानमा खुलेको छ। उनले रोमानिया पठाइदिने नाममा एक जनासँग १ लाखदेखि ४ लाख रूपैयाँसम्म संकलन गरेको प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…