कर्णाली करिडोरको घाटा चौरदेखि भुक्का खोला सडकको ट्रयाक खोल्ने कार्य तीव्र

कर्णाली करिडोरको घाटा चौरदेखि भुक्का खोला सडकको ट्रयाक खोल्ने कार्य तीव्र
+
-
देशसञ्चार AI सारांश
  • नेपाली सेनाले घाटा चौरदेखि भुक्का खोलासम्म आठ किलोमिटर सडक ट्रयाक खोल्ने कार्य पूरा गरेको छ।
  • कर्णाली करिडोरको हुम्ला खण्डमा सेनाले 73.91 प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ।
  • आगामी आर्थिक वर्षमा बाँकी 3.05 किलोमिटर सडक निर्माण गर्न सरकारले बजेटको व्यवस्था गर्ने बताइएको छ।

हुम्ला – नेपाली सेनाको विकास निर्माण कार्य दलले कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्ला सडकखण्डको घाटा चौरदेखि भुक्का खोलाको चट्टानी भीरको सडकको ट्रयाक खोल्ने कार्यलाई तीव्रता दिएको छ।

उक्त क्षेत्रको ट्रयाक खोलेर यतिबेला सञ्चालनमा आई रहेको सडकको लम्बाई बढी, उकालो भएको भन्दै सडक विभागको सिफारिसमा घाटा चौरदेखि भुक्का खोलाको चट्टानी भीरमा सडक निर्माण कार्य नेपाल सरकारले नेपाली सेनालाई जिम्मा लगाएअनुसार निर्माण भइरहेको हो।

घाटा चौरदेखि बद्री गाउँ हुँदै भुक्का खोलासम्म कुल एघार दशमलव सुन्ने पाँच किलोमिटर सडकमध्ये हालसम्म आठ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदल राताडाँडाका प्रमुख प्राविधिक सेनानी सुकप्रसाद थकालीले बताए।

यति काम हुँदा सरकारले कुल सेनालाई जिम्मा लगाएको काम मध्य हालसम्म त्रिहत्तर दशमलव ९१ प्रतिशत निर्माण पूरा भएको छ। सरकारले आर्थिक वर्ष ०७८÷०७९ मा उक्त चट्टानी भीरमा सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो।

सोही सयममा सरकारले सडक सञ्जाल नजोडिको हुम्ला जिल्लाको दुल्ली कुलादेखि लालीवगर क्षेत्रको एघार किलोमिटर सडकको निर्माण गर्ने जिम्मा पनि सेनालाई नै लगाएको थियो।

दुवै क्षेत्रको सडकको निर्माण गर्ने जिम्मा सेनालाई दिएको भएपनि त्यतिबेला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको कारण घाटा चौरदेखि भुक्का खोला सडकको कामले तिब्रता पाएको थिएन।

गत आर्थिक वर्षमा कर्णाली करिडोरको हुम्ला खण्डको सडकको निर्माण कार्य सम्पन्न भएपछि त्यसयता सेनाले सो क्षेत्रको सडक निर्माण कार्यलाई तिब्रता दिन थालेको थियो। यस आवमा पाँच सय मिटर सडक निर्माण गर्ने लक्ष्य अनुसार घाटा चौरतर्फबाट सो सडकको निर्माण गर्ने कार्य पुरा भई सकेको छ। हालसम्म निर्माण गरिएको आठ किलो मिटर सडकमा साठीदेखि सत्तती प्रतिशत चट्टानी भीरलाई विष्फोट गरेर सडकको ट्रयाक खोल्ने कार्य गरिएको छ। उक्त सडकको चौढाई औसत पाँचदेखि छ मिटर रहेको छ।

आगामी आर्थिक वर्षमा उक्त सडकको बाँकी तीन दशमलव सुन्ने पाँच किलो मिटर सडक निर्माण कार्य गर्नका लागि सडक बिभाग हुँदै सरकारसंग बजेट समेत माग गरिएको छ।
अव निर्माण गर्नुपर्ने सडक पनि अधिकाँस चट्टानी भीर क्षेत्र पर्ने भएको कारण विष्फोट गर्नु पर्नेछ। बाँकी कामका लागि माग अनुसार सरकारले वजेटको ब्यवस्था गरे आगामी आर्थिक वर्ष सो सडकको निर्माण कार्य सम्पन्न गर्ने उनले बताए।

हाल यसअघि घाटा चौरबाट भुक्का खोलासम्म निर्माण गरिएको सडक उकालो र ओरालो झर्नु पर्ने भएको र लामो पनि रहेको छ। हाल निर्माण कार्य भई रहेको सडकको काम पुरा भए एक घण्टा समय छोटिने सेनाले जनाएको छ। यो सडक कर्णाली नदी किनारमा पर्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…