१० वर्षपछि साफको फाइनल पुग्नबाट वञ्चित बन्यो नेपाल

१० वर्षपछि साफको फाइनल पुग्नबाट वञ्चित बन्यो नेपाल
+
-
देशसञ्चार AI सारांश
  • नेपाली राष्ट्रिय महिला फुटबल टोली १० वर्षपछि महिला साफको फाइनल पुग्नबाट बञ्चित भएको छ।

  • नेपालकी गीता रानाले सुरुवाती गोल गरेपनि बंगलादेशले २-१ को जित निकाल्दै फाइनल सुनिश्चित गर्यो।

  • बंगलादेश उपाधिमा ह्याट्रिकतर्फ उन्मुख हुँदै नेपालको फाइनल यात्रा रोक्न सफल भयो।

नेपाली राष्ट्रिय महिला फुटबल टोली १० वर्षपछि महिला साफको फाइनल पुग्नबाट बञ्चित भएको छ। नेपाल महिला सफाको इतिहासमा दोस्रोपल्ट फाइनल पुग्न चुकेको हो।
बुधबार भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशसँग नेपाल २-१ ले पराजित हुन पुग्दा फाइनल पुग्न असफल रह्यो।

अन्तिमपल्ट नेपाल २०१६ मा भारतसँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो। त्यसयता नेपालले फाइनल यात्रा निरन्तर गर्दै आएको थियो।

अघिल्ला दुई संस्करणको फाइनलमा नेपाल बंगलादेश सँगै स्तब्ध बनेको थियो। बंगलादेशको जितमा ऋतु पोर्णा चक्मा र मोसम्मत सागोरिकाले गोल गरिन्। नेपालकी गीता रानाले सुरुवाती गोल गरेपनि सान्तवना गोलका रुपमा परिणत भयो।

योसँगै बंगलादेश उपाधिमा ह्याट्रिकतर्फ उन्मुख भएको छ। यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०२२ र २०२४ भएको संस्करणमा बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो।

नेपालले खेलको २३औं मिनेटमा गीताको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। दीपा शाहीको कर्नर किकमार्फत आएको बललाई बंगलादेशकी गोलरक्षक मिली अक्तरले पञ्च गरेको बल क्लिअर नहुँदा अनमार्क रहेकी गीताले सहजै गोलमा परिणत गरिन्।

जारी प्रतियोगितामा यो उनको दोस्रो गोल हो। यसअघि समूह चरणमा भुटानविरुद्धको १-० को जितमा पनि उनले नै गोल गरेकी थिइन्। तर, नेपालले उक्त अग्रता टिकाउन सकेन। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेश खेलमा फर्किदै नेपाल विरुद्ध बराबरी गरेको थियो।

ऋतुले कर्नरमार्फत गरेको प्रहार गोलरक्षक अञ्जिाल तुम्बाप्पो सुब्बाले पञ्च गर्दै बाहिर पठाउने प्रयास गरेपनि जाली चुम्न पुगेको थियो। बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयको तेस्रो मिनेटमा बंगलादेशले जित सुनिश्चत गर्यो।। नेपाली डिफेन्डर अलमलिँदा पाएको अवसरलाई बंगलादेशले सदुपयोग गर्दै खेल २-१ ले जित्यो। शमसुन्नहरले दिएको क्रसलाई हुलमुलमाा सागोरिकाले गोल गरिन्। यी दुवै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…