देउखुरीका २७ सामुदायिक वनलाई ६० लाख अनुदान

देउखुरीका २७ सामुदायिक वनलाई ६० लाख अनुदान
+
-
देशसञ्चार AI सारांश
  • डिभिजन वन कार्यालय देउखुरीले २७ सामुदायिक वन समूहलाई ६० लाख रुपैयाँको अनुदान प्रदान गरेको छ।
  • अनुदानले वन व्यवस्थापन, झाडी सफाइ, तारबार, वृक्षारोपण तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्न सहयोग गर्नेछ।
  • सामुदायिक वनले गरिबी निवारण, रोजगारी सिर्जना र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।

दाङ – डिभिजन वन कार्यालय देउखुरीले वन व्यवस्थापन तथा संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले देउखुरी क्षेत्रका २७ वटा सामुदायिक वन उपभोक्ता समूहलाई ६० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। ५० प्रतिशत लागत साझेदारीमा सरदर १ लाख ७ हजार देखी ३ लाख १८ हजार सम्म प्रदान गरिएको उक्त अनुदान अन्तर्गत सामुदायिक वनहरूले आफ्नो कार्ययोजनाअनुसार वन व्यवस्थापन, झाडी सफाइ, तारबार, वृक्षारोपण तथा वन संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछन्। कार्यालयले निश्चित समयपछि अनुगमन गरी प्रगतिको मूल्याङ्कन समेत गर्ने जनाएको छ।

बुधवार लमहीमा आयोजित ‘समृद्धिका लागि वन’ कार्यक्रम अन्तर्गत सरोकारवालासँगको समन्वय गोष्ठी तथा बैठकमा डिभिजन वन कार्यालय देउखुरीले २७ वटा सामुदायिक वनसँग सम्झौतापत्र हस्तान्तरण गरेको हो। कार्यक्रममा डिभिजनल वन अधिकृत गणेश खड्काले सामुदायिक वनलाई संरक्षणसँगै उत्पादन, रोजगारी र समृद्धिसँग जोड्न अनुदान कार्यक्रम ल्याइएको बताए। उनले छनोट भएका सामुदायिक वन तथा वन कार्यालयका कर्मचारीलाई कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिँदै समयमै नतिजा देखाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि प्रसाद भुषालले वनलाई समृद्धिको आधार बनाउन वृक्षारोपण, वन संरक्षण, डढेलो नियन्त्रण तथा कम्पोष्ट मल उत्पादनमा जोड दिनुपर्ने बताए। अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालले सामुदायिक वनले वन संरक्षणसँगै गरिबी निवारण, रोजगारी सिर्जना, आयआर्जन तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। समुदायलाई वन हस्तान्तरण गरेपछि वन क्षेत्र विस्तार हुनुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आएको उनको भनाइ थियो।

लमही नगरपालिका–९ का वडाध्यक्ष रमेश केसीले सामुदायिक वनको संरक्षण र विकासका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि प्रसाद भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वन कार्यालयका कर्मचारी, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

वन कार्यालयका अनुसार प्रदान गरिएको अनुदानबाट सामुदायिक वन क्षेत्रको संरक्षण, हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा स्थानीयस्तरमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…