- मुगुको रारा विमानस्थलमा पहिरो र माटो कटान रोक्न बनाइएको ग्याबियन पर्खालले मुख्य रक्षाकवचको भूमिका खेलेको छ।
- १९ करोड ६९ लाख रुपैयाँ लागतमा बनेको यो पर्खालले विमानस्थलको धावनमार्गलाई सुरक्षा र मजबुती प्रदान गरेको छ।
- हिमाली रारा विमानस्थल हवाई प्रवेशद्वार भएकाले यसको सुरक्षा स्थानीय पर्यटन र यातायातको लागि अत्यावश्यक छ।
मुगु – मुगुको रारा विमानस्थलको सुरक्षाका लागि निर्माण गरिएको विशाल ग्याबियन पर्खाल अहिले विमानस्थलको मुख्य रक्षाकवच बनेको छ।
पहिरो, भू–क्षय र माटो कटानको उच्च जोखिम रहेको भिरालो भू–भागमा निर्माण गरिएको यो पर्खालले विमानस्थलको संरचना जोगाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे आयाेजना प्रमुख महेश नेपालीढले बताए । उनका अनुसार “बिमानास्थलकाे अन्य बाँकी भुभाग समेत पहिराेकाे उचच जाेखिम भएकाले पहिराे नियन्त्रण गर्न नितान्त आबश्यक छ”। कुल १९ कराेड ६९ लाख ५ हजार २२७ . ४१ रूपयाँकाे लागतमा निर्माण भएकाे उक्त पर्खाल रारा बिमानास्थल सुरक्षाकाे मुख्य आधार नै बनेकाे छ ।
हिमाली जिल्लाको एकमात्र हवाई प्रवेशद्वारका रूपमा रहेको रारा विमानस्थल स्थानीय बासिन्दा, कर्मचारी, बिरामी तथा पर्यटकहरूको प्रमुख यातायात माध्यम हो। सडक पहुँच भए पनि सहज र भरपर्दो यातायातको अभावका कारण हवाई सेवा यहाँको यातायातकाे मुख्य माध्यम जस्तै बनेको छ।
विमानस्थलको माथिल्लो भिरालो भागबाट वर्षायाममा हुन सक्ने पहिरो र माटो कटानलाई रोक्न ढुंगा र फलामे जाली प्रयोग गरी विशाल ग्याबियन पर्खाल निर्माण गरिएको हो। पर्खालले धावनमार्ग आसपासको भूभागलाई मजबुत बनाउँदै सम्भावित प्राकृतिक जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याएको देखिन्छ।
स्थानीयका अनुसार विगतमा वर्षातकाे बेला माटो बग्ने र साना–ठूला ढुंगा खस्ने समस्या रहने गरेको थियो। यस्ता जोखिमले विमानस्थल सञ्चालनमै असर पार्न सक्ने भएकाले संरक्षण संरचनाको आवश्यकता महसुस गरिएको थियो।
रारा ताल पुग्ने प्रमुख हवाई नाका भएकाले विमानस्थलको सुरक्षा पर्यटनसँग पनि प्रत्यक्ष जोडिएको छ। प्राकृतिक जोखिमबाट विमानस्थललाई जोगाउन निर्माण गरिएको यो विशाल पर्खाल अहिले रारा विमानस्थलको भरोसा र सुरक्षाको आधार बनेको छ।
सरोकारी निकायहरूले भने संरचना निर्माणसँगै यसको नियमित निरीक्षण र मर्मतसम्भारमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याईएकाे छ ।
भर्खरै
लोकप्रिय
