सहिद मार्गमा पिकअप दुर्घटना: एकै परिवारका तीन जनाको मृत्यु

सहिद मार्गमा पिकअप दुर्घटना: एकै परिवारका तीन जनाको मृत्यु
+
-

रोल्पा – रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित व्याङखोला क्षेत्रमा पर्ने सहिद मार्ग सडकखण्डमा पिकअप भ्यान दुर्घटना हुँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ।

माडी गाउँपालिकामा कार्यरत पशु प्राविधिक रमेश कुमार वलीले पशु उपचारको काम सम्पन्न गरी बिहीबार बिहान फर्किने क्रममा दुर्घटनाग्रस्त गाडी देखेपछि घटनाबारे जानकारी गराएका थिए। त्यसलगत्तै इलाका प्रहरी कार्यालय घर्तिगाउँलाई सूचना दिइएको थियो।

दुर्घटना स्थल अत्यन्तै भीरालो तथा अप्ठ्यारो भूभागमा रहेका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो। स्थानीय स्रोतका अनुसार लामो प्रयासपछि मात्रै मृतकहरूको शव सडकसम्म ल्याउन सफल भएको हो।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेको पिकअप भ्यानमा एउटै घरका तीन जना सवार थिए। दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-७ देशाही निवासी अन्दाजी २५ वर्षीय वीरबहादुर चौधरी, अन्दाजी ४० वर्षीय जिउधन चौधरी र अन्दाजी ३८ वर्षीया कमला चौधरीको मृत्यु भएको छ।

एमएच १४ टीसीजे ४७१ अस्थायी नम्बरको पिकअप भ्यान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…