पर्यटकीय गन्तब्य बन्दै दाङका सिमसार क्षेत्र

पर्यटकीय गन्तब्य बन्दै दाङका सिमसार क्षेत्र
+
-
देशसञ्चार AI सारांश
  • दाङको सिमसार क्षेत्रलाई पोखरीमा बदल्दा पर्यटकीय गन्तव्यको रूपमा विकास भई पर्यापर्यटनको सम्भावना वृद्धि भएको छ।
  • तेलगंगा जलाशय निर्माणले स्थानीय इनारको समस्या समाधान गर्नुका साथै स्थानिय बासिन्दालाई नयाँ आशा जगाएको छ।
  • स्थानीय संरक्षण समिति र सरकारले समन्वय गरेर जलाशय निर्माण गर्दा किसानले खेतीका लागि पानी सदुपयोग गर्न पाएका छन्।

दाङ- दाङमा सिमसार क्षेत्र संरक्षण पश्चात् नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ । सिमसार क्षेत्रलाई पोखरीको रुप दिएपछि पर्यापर्यटनको सम्भावना बढेर गएको हो ।

जमिनमुनीको पानी संरक्षणहुदा इनार सुक्ने समस्या समाधान भएको छ भने अर्कोतर्फ जलाशयका कारण पर्यटकहरुलाई नयाँ गन्तब्य बन्न पुगेको छ ।

पर्यटनको सम्भावना बढेसँगै स्थानीयवासी पनि उत्साहित र आशावादी देखिएका छन् । लमही नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने रिहार-तेल्ले सडक खण्ड छेउँमै तेलगंगा जलाशय रहेको छ ।

सडक पहुँच विस्तारसँगै तेलगंगा जलाशय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । स्थानीय सरकारको समन्वय र सहकार्यमा निर्माण गरिएको उक्त जलाशयले पर्यटकलाई आकर्षित गर्न थालेपछि स्थानीय बासिन्दामा नयाँ आशा जागेको संरक्षण समितिका अध्यक्ष नरबहादुर केसीले बताए ।‘यहाँ सिमसार क्षेत्र थियो । हामीले जोगाएर जलासय बनायौं’उनले भने,‘अहिले भ्रमण गर्ने ठाउँ पनि बन्यो । पानीको मुहान पनि जोगियो ।’

अहिले गाउँका इनार सुक्न पाएका छैनन् । जमिन मुनीको पानी समेत संरक्षण भएको छ । एकै गाउँमा ४ वटा जलाशय निर्माण भएका छन् । जसले गर्दा स्थानीयस्तरमा पर्दै आएको पानीको संकट समाधान भएको छ भने किसानले खेतिपातीमा पानी सदुपयोग गर्न पाएका छन् ।

अझैं सिंचाईलाई प्राथमिकतामा राखेर पाइप विस्तारदेखी अन्य पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ । भविश्यमा आइपर्ने पानी संकटबाट जोगिन स्थानीय स्तरमा यसैप्रकारका जलासयहरुको संरक्षण र विकासमा ध्यानदिनुपर्ने देखिन्छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…