‘वातावरणीय संकट विश्वकै साझा चुनौती’

‘वातावरणीय संकट विश्वकै साझा चुनौती’
+
-

मोरङ – वातावरणीय संकट विश्वकै साझा चुनौती बन्दै गएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताएका छन्।

शुक्रबार विश्व वातावरण दिवसका अवसरमा विराटनगरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वातावरणीय संकट न्यूनीकरण र समाधानका लागि सरकारसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था सबैको सक्रियता आवश्यक रहेको बताएका हुन्।

केही वर्षयता विश्वमै तापक्रम बढ्दै गएको बताएका मेयर कोइरालाले प्रत्येक घर, विद्यालय तथा उद्योग संघसंस्थाहरूले वृक्षारोपणको अभियानलाई तदारुकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए। जलवायु परिवर्तनसंगै अनियमित वर्षा, प्रदूषणका कारण वातावरणीय जोखिम बृहत रुपमा देखा पर्दै गएको बताएका मेयर कोइरालाले हरित वातावरण बनाउन सबैको भूमिका उल्लेख्य हुनेमा जोड दिए।

कार्यक्रममा महानगरले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा विशेष भूमिका खेल्दै आएका दुई वटा संस्थालाई समेत सम्मान गरेको छ। कार्यक्रममा महानगरले गो ग्रीन र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरेको हो।

गो ग्रीनका विराटनगरका नवीनचन्द्र अधिकारी र सुनौलो युवा क्लबका पुष्पराज गिरीलाई सम्मान गर्दै मेयर कोइरालाले हरित वातावरणबिना दिगो विकास सम्भव नभएको हुँदा महानगरको सरसफाइदेखि हरित विराटनगर अभियानलाई विस्तृत रुपमा अघि बढाउन आह्वान गरे।

उनले वातावरणीय सुधारलाई महानगरको दीर्घकालीन विकास रणनीतिसँग जोडेर अघि बढाइने बताए। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई व्यवस्थित, स्वच्छ र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।

वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणका क्षेत्रमा नागरिक सहभागिता बढाउन महानगरले विभिन्न सचेतनामूलक तथा हरियाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

यसअघि वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न संघसंस्था, युवा समूह तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा महेन्द्रचोकबाट प्रभातफेरी आयोजना गरिएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…