रास्वपा दाङको सभापतिमा किरण खनाल निर्वाचित

रास्वपा दाङको सभापतिमा किरण खनाल निर्वाचित
+
-
देशसञ्चार AI सारांश
  • दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुँदा उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल चयन भए।
  • सर्वसम्मत चयन नहुँदा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको र सभापतिमा खनालले १९६ मत प्राप्त गरे।
  • रास्वपा दाङले आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण र जनसम्बन्ध विस्तारका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।

दाङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित भएका छन् ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । पार्टीको जिल्ला अधिवेशन अन्तर्गत सभापति, उपसभापति, सचिव र सहसचिव पदका लागि मतदान भएको थियो ।

निर्वाचनबाट सभापतिमा किरण खनाल, उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल र सहसचिवमा प्रमिला रोका मगर निर्वाचित भएका छन् । सभापति पदमा किरण खनालले १९६ मत प्राप्त गर्दै विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी बिनय घिमिरेले १२४ मत प्राप्त गरेका थिए । यसैगरी केदार रजौरेले ६ र किरण आचार्यले २ मत प्राप्त गरेका थिए । उपसभापति पदमा निराजन थापाले २४१ मत प्राप्त गर्दै विजयी हुँदा सुनिता रावतले ८९ मत प्राप्त गरिन् ।

सचिव पदमा असिम भुसालले २०० मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गरेका थिए । सहसचिव पदमा प्रमिला रोका मगर १४८ मतसहित निर्वाचित भइन् । उक्त पदका अन्य उम्मेदवार दिपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका थिए ।

निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा दाङले आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…