अ
+
अ
अ
-
काठमाडौं- कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) न्याय मिल्ने आशा सहित स्वदेश फर्कीएका छन्। उनले सामाजिक सञ्जाल मार्फत मातृभुमिको आँगनमा फर्किएको बताए।
छोरीको उपचारका लागि भन्दै अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन् ‘न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।’
उनले थपे ‘आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।’
धुर्मुसले गौतम वुद्ध रंगशाला निर्माणका क्रममा लागेको रिनको फर्स्योट हुनु पर्ने भन्दै लामो समय देखी मन्त्रालय धाउँदै आएका थिए।

भर्खरै
लोकप्रिय
