अ
+
अ
अ
-
काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
उनले जेठ २५ गते बिहान ९ बजे सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका हुन्।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष/सभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ।
सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा पठाइसकिएकाे रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
भर्खरै
लोकप्रिय
