रास्वपाले बोलाएको सर्वदलीय बैठक: कांग्रेस र एमालेका शीर्ष नेता सहभागी नहुने

रास्वपाले बोलाएको सर्वदलीय बैठक: कांग्रेस र एमालेका शीर्ष नेता सहभागी नहुने
+
-

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरू सहभागी नहुने भएका छन्।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजेका लागि यो बैठक बोलाइएको हो।

बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी भइदिन आग्रह गरिएको थियो। यद्यपि, कांग्रेस र एमाले दुवै दलले आफ्ना मुख्य नेतृत्वलाई नपठाई दोस्रो तहका प्रतिनिधि मात्र पठाउने निर्णय गरेका छन्।

नेपाली कांग्रेसका तर्फबाट बैठकमा संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुने भएका छन्। त्यस्तै, नेकपा (एमाले) का तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी हुने भएका छन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयहरूमा साझा धारणा बनाउनका लागि यो सर्वदलीय बैठक आह्वान गरिएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…