- ‘लालीबजार’ ले प्रदर्शनको क्रममा ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ कमाएर सबैभन्दा बढी दर्शक तान्यो।
- आनिल बुढामगरद्वारा निर्देशित ‘मितज्यू’ ले १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस गरेको छ।
- ‘परालको आगो’ लाई १ लाख ५४ हजार १३६ जनाले हेरेर ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ कमायो।
चलचित्र विकास बोर्डले प्रदर्शनको क्रममा रहेका नेपाली चलचित्रहरूको पछिल्लो बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले आइतबारसम्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको हो।
पछिल्लो आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ। जसअनुसार, ‘लालीबजार’को कमाइ पौने ९ करोड देखिएको छ।
यम थापा निर्देशित तथा स्वस्तिमा खड्का र रवीन्द्रसिंह बानियाको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ ले पछिल्लो शनिबारसम्म ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कमाएको छ। सोही अवधिमा यो फिल्मलाई २ लाख ९८ हजार २२७ जनाले हेरेका छन्।
‘मितज्यू’ले १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस कमाएको छ। यो फिल्मलाई ४५ हजार ५३३ जनाले हेरेका छन्। मितज्युलाई अनिल बुढामगरले निर्देशन गरेको हुन्। यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल,तेरिया मगर लगायतको अभिनय रहेको छ।
विपिन कार्की र केकी अधिकारी अभिनित फिल्म ‘काजी’को कमाइ ४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस छ। यो फिल्मलाई १४ हजार २६९ जनाले हेरेका छन्। लक्ष्मण रिजालले निर्देशन गरेका हुन्।
त्यसैगरी ‘पूर्णबहादुरको सारङ्गी’फिल्मका निर्माता विनोद पौडेलले निर्माण गरेको फिल्म ‘रोल नम्बर १’ को कमाइ ९४ लाख ९१ हजार ६८० रुपैयाँ ग्रस छ। यसलाई ३१ हजार ७८८ जनाले हेरेका छन्।
जोन योञ्जनले निर्देशन गरेका फिल्म ‘लाइफ ड्यामेज’ले ३४ लाख ४० हजार १५ रुपैयाँ ग्रस कमाएको छ। यसलाई ११ हजार २४८ जनाले हेरेका छन्।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्।
लक्ष्मण सुनार निर्देशित तथा सौगात मल्ल र प्रकाश सपूत अभिनित फिल्म ‘परालको आगो’ले ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ ग्रस कमाएको छ। यो फिल्मलाई १ लाख ५४ हजार १३६ जनाले हेरेका छन्।
‘कुम्भ’ले १० दिनमा ३ लाख ३२ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ। यसलाई १४ सय ९४ जनाले हेरेका छन्। चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेललगायतको अभिनय छ।
भर्खरै
लोकप्रिय
