ऊर्जामन्त्रीको पहिलो निर्णयः लुम्बिनीमा पोखरी तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको पहिचान गरिने

ऊर्जामन्त्रीको पहिलो निर्णयः लुम्बिनीमा पोखरी तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको पहिचान गरिने
+
-
देशसञ्चार AI सारांश
  • मन्त्री डिल्लीराज भुसालले लुम्बिनी प्रदेशमा पोखरी तथा जलाशययुक्त आयोजनाको पहिचान प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्।

  • आयोजनाले जलवायु परिवर्तनका चुनौतिहरू सम्बोधन गर्दै सिँचाइ सुविधा तथा कृषि उत्पादन वृद्धि गर्न सघाउने अपेक्षा गरिएको छ।

  • पोखरी र जलाशय निर्माणले जैविक विविधता संरक्षण, पर्यापर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रको विकासमा सकारात्मक योगदान पुर्‍याउनेछ।

दाङ – लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री डिल्लीराज भुसाल ले पदभार ग्रहण गर्दै प्रदेशभित्र सम्भावित पोखरी तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको पहिचान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

मन्त्री भुसालले पदभार ग्रहण गरेलगत्तै प्रदेशका विभिन्न जिल्लामा निर्माण गर्न सकिने पोखरी तथा जलाशययुक्त आयोजनाको पहिचान, अध्ययन तथा कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन्।

निर्णयअनुसार आगामी आर्थिक वर्ष २०८३\०८४ मा प्रदेशभित्र सम्भावित पोखरी तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको आयोजना पहिचान सर्वे गरी आयोजना सूची तयार गर्न आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गरिनेछ।

मन्त्रालयका अनुसार जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न पोखरी तथा जलाशययुक्त आयोजनाको महत्व बढ्दै गएको छ। यस्ता आयोजनाबाट संकलित पानी प्रयोग गरी आसपासका क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउन सकिने, कृषि उत्पादन वृद्धि हुने तथा तराई क्षेत्रमा घट्दै गएको भूमिगत पानीको सतह पुनःभरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, जलाशय तथा पोखरी निर्माणले जैविक विविधता संरक्षण, पर्यापर्यटन प्रवद्र्धन तथा स्थानीय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममा समेत साना तथा मझौला जलाशययुक्त आयोजनाको पहिचान र विस्तृत अध्ययन गर्ने विषय समावेश गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…