- बागमती प्रदेशको राजधानी हेटौँडामा रास्वपाको प्रदेश अधिवेशन भोलि सुरु हुँदैछ, जसको उद्घाटन रवि लामिछानेले गर्नेछन्।
- डा. अच्युतम लामिछाने पुनः प्रदेश सभापति बन्न चाहन्छन्, जबकि डा. रमेश ढकाल उपसभापति पद आकांक्षी हुन्।
- समितिमा सभापति, उपसभापति र महामन्त्री एकरएक जना र दुई जनाको सहमहामन्त्री पदमा फरक लिङ्गका सदस्य राखिनेछन्।
काठमाडौँ – रास्वपाको बागमती प्रदेश अधिवेशन भोलि जेठ २६ गते मंगलबार बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु हुँदैछ । प्रदेशस्तरीय अधिवेशनको सुरुआत बागमती प्रदेशबाट हुन लागेको हो ।
हेटौँडास्थित हिमालयन दरबारमा आयोजना हुने अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश सभापति पदका लागि हालका बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने पुनः सोही पदमा दोहोरिन चाहेका छन्। लामिछाने हाल नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन्।
त्यसैगरी, प्रदेश उपसभापति पदमा डा. रमेश ढकाल आकांक्षी देखिएका छन्। उनी चिकित्सा क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
महामन्त्री पदमा हालका महामन्त्री सुरेन्द्र भट्ट पुनः आकांक्षी देखिएका छन् । हालका सभापति लामिछानेले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेशका ३१ वटा निर्वाचन क्षेत्रमा रास्वपालाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था गरिएको छ ।
समितिमा सभापति, उपसभापति र महामन्त्री एकरएक जना रहने प्रावधान छ ।
त्यस्तै, दुई जना सहमहामन्त्री रहने तथा उनीहरू फरक(फरक लिङ्गका हुनुपर्ने व्यवस्था विधानमा उल्लेख गरिएको छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था गरिएको छ ।
निर्वाचन प्रक्रियाअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ । प्रदेश सदस्यमा निर्वाचित भएकामध्येबाट थप पदाधिकारी चयन गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
भर्खरै
लोकप्रिय
