चैते धानमा ‘नेक ब्लास्ट’ रोगको संक्रमण

चैते धानमा ‘नेक ब्लास्ट’ रोगको संक्रमण
फाइल फोटो
+
-

नारायणगढ – चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको सङ्क्रमण देखिएको छ। बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ।

कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको सङ्क्रमण देखिएको बताए। ‘यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको हुनसक्छ,’ उनले भने, ‘केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा उतारचढाव आयो। यस्तो अवस्था ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छ।’

कार्यालय प्रमुख कँडेलका अनुसार नेक ब्लास्ट मुख्यतः बीउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता क्रमशः कमजोर बन्दै जाने भएकाले सङ्क्रमणको जोखिम बढ्ने उनको भनाइ छ। ‘हर्दिनाथ–१ र चैते–५ किसानमाझ लोकप्रिय जात हुन्, तर यस वर्ष यिनै जातमा रोगको असर बढी देखिएको छ,’ उनले भने।

चितवनमा हरेक वर्ष सात हजार हेक्टरभन्दा बढी क्षेत्रमा चैते धानखेती हुँदै आएको छ। पछिल्ला वर्षमा हर्दिनाथ–१ मा नेक ब्लास्ट रोग देखिन थालेपछि किसानले विकल्पका रूपमा चैते–५ लगाउन थालेका थिए। यस वर्ष उक्त जातमा समेत रोग देखिएपछि समस्या थपिएको छ।

रोगका कारण उत्पादनमा कमी आउने जोखिम बढेकाले कृषि प्राविधिकले खेतको नियमित अनुगमन, रोगग्रस्त बाला हटाउन, आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई आग्रह गरेका छन्। ‘सङ्क्रमण फैलिन नदिन र भएको उत्पादन जोगाउन पाकेको धान ढिलो नगरी थन्क्याउनु उपयुक्त हुन्छ,’ कार्यालय प्रमुख कँडेलले भने।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…