मीरा राणा र सीके रसाइलीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

मीरा राणा र सीके रसाइलीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान
+
-
देशसञ्चार AI सारांश
  • ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ मा गायिका मीरा राणा र संगीतकार सी.के. रसाइलीलाई एक लाख एक रुपैयाँ सम्मान प्रदान गरियो।
  • मीरा राणाले क्यान्सर समाजलाई सहयोग गर्न सम्पूर्ण नगद पुरस्कार रकम क्यान्सर सर्भाइभरहरूको सहयोगार्थ हस्तान्तरण गरिन्।
  • ‘सुशीला आचार्य सु-स्वास्थ्य कामना सम्मान’ दीपक थापा र पवन मैनालीलाई स्वास्थ्यलाभका लागि ५० हजार रुपैयाँ प्रदान गरियो।

काठमाडौँ – सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ सम्पन्न भएको छ। यही २०८३ जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा आयोजित एक विशेष समारोहका बीच उक्त सम्मान प्रदान गरिएको हो।

यस वर्षको संगीत सम्मान गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ वरिष्ठ संगीतकार सी.के. रसाइलीलाई प्रदान गरिएको छ। उनीहरू दुवैलाई जनही नगद पुरस्कार रु. १,००,००१ (एक लाख एक) र सम्मान पत्रसहित सम्मानित गरिएको हो।

नगद पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यान्सर सर्भाइभर (विजेता) भएको भन्दै उक्त सम्पूर्ण पुरस्कार रकम क्यान्सर समाजलाई हस्तान्तरण गरेकी छिन्। आफ्नै पहलमा क्यान्सर रोग लागेका कलाकारहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले हालै मात्र क्यान्सर समाज स्थापना गरिएको जानकारी पनि उनले कार्यक्रममा दिइन्।

सुशीला आचार्य सु-स्वास्थ्य कामना सम्मान पनि वितरण

कार्यक्रममा ५० हजार रुपैयाँ राशिको ‘सुशीला आचार्य सु-स्वास्थ्य कामना सम्मान’ वरिष्ठ संगीतकार तथा गिटारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ।

यो सम्मान साङ्गीतिक एवं कला क्षेत्रमा क्रियाशील रहँदै स्वास्थ्योपचार गराइरहेका संगीतकर्मी तथा कलाकारहरूलाई प्रदान गर्दै आइएको छ।

उक्त सम्मान प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा प्रदान गरेका थिए।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले देशको संगीत र कला क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ भने सिटी एक्सप्रेसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई निरन्तर साथ दिँदै आएको छ।

विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण (रेमिट्यान्स) सेवा प्रदान गर्दै आएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले हालै ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी तथा रेमिटेन्स भुक्तानीको सेवा समेत सुचारु गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…