नाम्खा गाउँपालिका पूर्ण खोप घोषित

नाम्खा गाउँपालिका पूर्ण खोप घोषित
+
-
देशसञ्चार AI सारांश
  • आर्थिक वर्ष २०८२/८३ का लागि नाम्खा गाउँपालिकामा २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको छ।

  • पूर्ण खोप सुनिश्चितता र दीगोपना घोषणा कार्यक्रममा स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पद्धतिलाई प्रमुख नाराको रूपमा लिएर गरियो।

  • गाउँपालिका स्वास्थ्य संस्था र समन्वयबाट लक्षित समूहका बालबालिकालाई खोप सेवा दिइयो भन्दै प्रमाणीकरण प्रक्रिया पूरा गरिएको हो।

हुम्ला – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका जन्मेदेखि सो महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई मंगलबार एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नाम्खा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गयाछो लामाले जानकारी दिए।

सरोकारहरुको समन्वय र मातहतका स्वास्थ्य संस्थाहरूको सक्रियतामा मापदण्ड अनुसार छ वटै वडाका लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिए पछि यस्तो घोषणा गरिएको हो। गाउँपालिका भित्रका सबै सोहदेखि देखि २३ महिनाका बालबालिकाले नियमित खोप प्राप्त गरेपछि विभिन्न चरणको प्रमाणीकरण प्रक्रिया पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा प्रमुख लामाले बताए।

उक्त गाउँपालिकामा ४६ जना बालबालिका रहेका छन। गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक प्रेम लामाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु मात्र उपलब्धि नभएकाले अब यसको दीगोपनामा ध्यान दिनुपर्नेमा जोड दिए। यसअघि खार्पुनाथ गाउँपालिका घोषित भइसकेको छ भने अन्य पाँच वटा गाउँपालिका बाँकी छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…