विराट शिक्षण अस्पताल र मनमोहन प्राविधिक विश्वविद्यालयबीच सहकार्य हुने

विराट शिक्षण अस्पताल र मनमोहन प्राविधिक विश्वविद्यालयबीच सहकार्य हुने
+
-

मोरङ –बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र मनमोहन प्राविधिक विश्वविद्यालयबीच शिक्षा, अनुसन्धान, तालिम तथा व्यावसायिक विकासका लागि सहकार्य भएको छ।

विश्वविद्यालयमा बुधबार आयोजित कार्यक्रममा दुवै संस्थाबीच सम्झौताका लागि विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. किशोर अधिकारी तथा विराट शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेनिस कार्की नेतृत्वको टोलीले सहकार्यका लागि समझदारी गरेका हुन्।

विश्वविद्यालय र अस्पतालबीच भएको सम्झौता अनुसार विद्यार्थी, प्राध्यापक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्तिका लागि शैक्षिक आदानप्रदान गरिने बताइएको छ। यसैगरि व्यावहारिक सिकाइ, संयुक्त अनुसन्धान, तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन हुने सम्झौतामा उल्लेख छ।

सम्झौताका क्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. किशोर अधिकारीले सम्झौताले स्वास्थ्य विज्ञान शिक्षामा शैक्षिक–औद्योगिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा लिइएको उल्लेख गरे। यस सम्झौताले अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र जनशक्ति विकासमा सहयोग पुग्ने विश्वास लिएको अधिकारीले बताए।

त्यसैगरी, अस्पतालका कार्यकारी निर्देशक डेनिस कार्कीले सम्झौताले दुवै संस्थाको संस्थागत विकाससँगै गुणस्तरीय स्वास्थ्य सेवा र प्राविधिक शिक्षाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…