महानगरका स्वास्थ्यकर्मीलाई महामारीजन्य तथा संक्रामक रोगप्रणाली पहिचान र नियन्त्रणसम्बन्धी अभिमुखीकरण

महानगरका स्वास्थ्यकर्मीलाई महामारीजन्य तथा संक्रामक रोगप्रणाली पहिचान र नियन्त्रणसम्बन्धी अभिमुखीकरण
+
-
देशसञ्चार AI सारांश
  • विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई महामारी नियन्त्रण र रोग निगरानी प्रणालीबारे दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
  • कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृतले स्वास्थ्यकर्मीहरूलाई असामान्य स्वास्थ्य अवस्थाबारे सूचना संकलन गर्न निर्देशन दिए।
  • महानगरले आगामी दिनमा स्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ बनाउन डिजिटल रिपोर्टिङ र स्वास्थ्य सचेतना अभियान विस्तार गर्ने लक्ष्य राखेको छ।

मोरङ – विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि महामारीजन्य तथा संक्रामक रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह र समुदायस्तरमै नियन्त्रणका उपायलाई प्रभावकारी बनाउने उद्देश्यसहित आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित दुइदिने अभिमुखीकरण कार्यक्रममा महानगरका १९ वटा वडामा कार्यरत स्वास्थ्यकर्मीको सहभागिता रहेको जनाएको छ। कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले कुनै पनि रोग वा महामारी नियन्त्रणको पहिलो आधार समयमै सूचना प्राप्ति हुने भएकाले स्वास्थ्यकर्मीले समुदायमा देखिएका असामान्य स्वास्थ्य अवस्थाबारे तत्काल सूचना संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

शर्माले अभिमुखीकरणबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै परिणाममुखी कार्यसम्पादन गर्न सहभागीलाई निर्देशन दिएका थिए। सोही क्रममा महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेले कोरोना महामारीको समयमा समुदायस्तरमा सञ्चालन गरिएका जनचेतनामूलक गतिविधिका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताए।

त्यसैगरि, कार्यक्रममा महानगरको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले महामारी नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका निर्णायक हुने उल्लेख गरे। यादवले भने, ‘रोगको प्रारम्भिक संकेतलाई बेवास्ता नगरी समयमा रिपोर्टिङ गर्ने प्रणाली बलियो बनाउनु अहिलेको आवश्यकता हो। समयमै रोगको लक्षण थाहा भएमा महामारी समुदायमा फैलिनबाट रोक्न सकिन्छ।’

त्यसैगरी, जनस्वास्थ्य अधिकृत रमेश कार्कीले दुईदिने सो अभिमुखीकरणमार्फत स्वास्थ्यकर्मीलाई सूचना प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिने जानकारी दिए। कार्कीले भने, ‘सीमित स्रोत र साधनसंगै समुदायमै रोगको पहिचान र नियन्त्रण र्ग सकिने क्षमता विकास गर्नुनै यसको मुख्य लक्ष्य हो।’

कार्यक्रममा महानगरपालिकाले आगामी दिनमा सबै वडामा समुदाय–आधारित स्वास्थ्य निगरानी प्रणालीलाई थप सुदृढ बनाउँदै लैजाने जनाएको छ। जसमा डिजिटल रिपोर्टिङ, स्वास्थ्य सचेतना अभियान तथा आपतकालीन स्वास्थ्य प्रतिकार्य संयन्त्रलाई समेत विस्तार गर्ने महानगरको लक्ष्य छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…