स्याङ्जाका रेग्मी व्यावसायिक मौरीपालनमा

स्याङ्जाका रेग्मी व्यावसायिक मौरीपालनमा
+
-

वालिङ (स्याङ्जा) – मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेका छन्। उनी झन्डै १९ वर्ष विदेश बसेका थिए।

उनले ‘रेग्मी बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरी मौरीपालन व्यवसाय सुरु गरेका छन्। रेग्मीको फर्ममा १५० घार मौरी पुगेका छन्।

रेग्मीले प्रतिगोला रु ८०० का दरले माहुरी बिक्री गर्छन्। यस वर्ष उनले रु आठ लाख आम्दानी गरेका छन्।

“मैले मौरीको गोला मात्रै प्रतिफ्रेम रु ८०० का दरले बिक्री गर्दै आएको छु”, उनले भने, “ग्राहकले आफ्नै घार ल्याउनुहुन्छ, मैले उक्त घारमा पाँच फ्रेमका दरले मौरी उपलब्ध गराउँछु।”

“मैले महभन्दा पनि मौरीका कीरा नै बिक्रीलाई प्राथमिकता दिएको छु”, उनले भने, “एक वर्षमा झण्डै २०० भन्दाबढी घार बिक्री हुने गरेको छ।” उनले एक घारमा पाँच फ्रेम मौरी राखेर रु चार हजारमा बिक्री गर्दै आएका छन्।

चापाकोट नगरपालिकाले रेग्मीलाई मौरीपालनका लागि रु एक लाख अनुदानसमेत उपलब्ध गराएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…