काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ( हर्क साम्पाङ)ले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।
बिहीबारको संसद् बैठकमा बोल्ने समय माग गर्दै उनले संसद् चल्न दिने तर संसद्को रेकर्डबाट प्रधानमन्त्रीको अभिव्यक्ति हटाउनुपर्ने र प्रधानमन्त्री आफै आएर संसद्मा आएर अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन्।
‘प्रधानमन्त्री ज्यूबाट बोलिएका कुरा संसद्को रेकर्डबाट हटाइनुपर्छ र संसद्मा आएर प्रधानमन्त्रीले आफ्नो बोलि सच्याउनुपर्दछ’, उनले भने।
जेठ १७ गते संसद्मा पहिलोपटक बोल्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतले मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको बताएका थिए। त्यसको विरोध भएपछि बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले शाहको अभिव्यक्ति सच्याएका थिए।
उनले नेपालले जमिन मिचेको भन्ने अभिव्यक्ति सीमा खेतीपातीसँग जोडिएको प्रष्टिकरण दिएका थिए। त्यसपछि संसद् सञ्चालन भए पनि प्रतिपक्षी दलहरू खनालको प्रष्टीकरणसँग सन्तुष्ट हुन सकेका छैनन्।
भर्खरै
लोकप्रिय
