बजेटले गरिबीलाई छोएनः एमाले

बजेटले गरिबीलाई छोएनः एमाले
+
-

काठमाडौँ – प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिबलाई छुन नसकेको टिप्पणी गरेको छ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरुको चुल्होमा सधैँ आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खडकिएको बताएकी हुन्।

अर्यालले सरकारको बजेटले गरिबलाई झनै गरिब बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको बताइन्।

उनले भने, ‘बजेटले गरिबीलाई छोएन। सिंगो बजेट वक्तव्यमा गरिबी भन्ने शब्दको उचित सम्बोधन छैन। सरकार भन्छ– मध्यम वर्गको विकास गर्ने। यसमा केही भन्नु छैन। तर यसको लक्ष्य कसरी हासिल गर्न सकिन्छ? मेरो प्रश्न छ– २० प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ? जगलाई कमजोर राखेर तला थप्ने कुरा कत्तिको वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झनमाथि लैजाने नीति लिएको देखिन्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…