- कोशी प्रदेशका मन्त्रीको गाडी विराटनगर पुष्पलाल चौकमा सडक मर्मतमा ध्यान नदिएको भन्दै रोक लगाइएको थियो।
- सडक मर्मतको अभावमा बारम्बार दुर्घटना हुने र आवागमनमा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन्।
- प्रहरी टोलीले स्थानीयसँग छलफलपछि बाटो खुलाएको तर तीनपैनी निस्कने बाटोमा एकतर्फी आवरोध भएको छ।
माेरङ – सडक मर्मतमा सम्बन्धित निकायले चासो नदेखिएकोमा असन्तुष्टि ब्यक्त गर्दै विराटनगर पुष्पलाल चौकमा कोशी प्रदेशका एक मन्त्रीको सवारी आवागमनमा रोक लगाएका छन्।
बिहीबार प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुली सवार को १ झ, ५९४ नम्बरको निसान गाडी रोक्दै सर्वसाधारणले विरोध गरेका थिए। विराटनगर महानगरपालिका वडा नम्बर १ र ३ पुष्पलाल चौक तथा तीनपैनी सडकखण्डका स्थानीयले सो स्थानमा पर्ने सडक मर्मतका लागि निकायले चासो नदेखाएको बताउँदै आएका थिए। यसक्रममा स्थानीयले मन्त्री सवार गाडी अघिल्तिरनै सुतेर आफ्ना असन्तुष्टी पोखेका थिए।
उनीहरुका अनुसार सडक मर्मत नहुँदा दैनिक जसो सो सडकमा सवारी दुर्घटना हुने गरेको छ। जसका कारण सर्वसाधारणको आवतजावतमा समेत समस्या हुने गरेको छ। स्थानीयबासिले सडकमा सुतेर मन्त्रीको गाडी रोक्दै चक्काजाममा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र स्थानीय प्रहरी प्रशासनको टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले प्रहरीले स्थानीयसंग केहीबेल छलफल गरेपछि बाटो खुला गरिएको जानकारी दिए। यद्धपि, स्थानीयले पुष्पलाल चौकबाट दक्षिणतर्फ तिनपैनी निस्कने बाटोमा भने एकतर्फी बासको अवरोध राखेर आवतजातव केहीबेर रोकेका थिए।

भर्खरै
लोकप्रिय
