कर्णाली करिडोरको धुलाचौर बन्द गर्नेलाई कारबाही माग

कर्णाली करिडोरको धुलाचौर बन्द गर्नेलाई कारबाही माग
धुलाचौर बन्दको कारण अलपत्र यात्रु। तस्बिरः देश सञ्चार
+
-

हुम्ला – कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग गरिएको छ। सडक बन्दका कारण १९ घण्टादेखि यात्रुहरू धुलाचौरमा अलपत्र परेको बन्दै उनीहरूलाई आफ्नो गन्तव्यतर्फ जाने व्यवस्था गर्न र राज्यको कानुनविपरीत राजमार्गअवरुद्ध गर्नेलाई कारबाहीको माग गरिएको हो।

बन्दको विरोधमा हुम्लामा बसेको सर्वपक्षीय बैठकले कानुनविपरीत गरिएको राजमार्ग बन्दकर्तालाई कारवाहीको दायरामा ल्याउन नेपाल सरकार गृहमन्त्रालयलाई माग गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेगमीले बताए।

बैठकले अव्यवस्थापन सेवा सञ्चालन ऐन २०४१ को दफा ३ को उपदफा १ विपरीत जेठ २७ गते बेलुकाबाट धुलाचौरमा सडक अवरुद्ध गरी यात्रुहरूलाई अलपत्र पारेको, चालु आवको सालतमामको मुखैमा दैनिक उपभोग्य तथा निर्माणा सामग्री ढुवानीमा अवरोध भएको अवस्थालाई ध्यानमा दिई उक्त अवरुद्ध गर्ने ब्यक्तिहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ।

यथासक्य बन्द सुचारु गर्ने कार्य अगाडि बढाउन बैठकले मागसमेत गरेको छ। बाजुरा र हुम्ला जिल्लाको सीमा विवादलाई लिएर दुई जिल्लावीच बिबाद चर्कदै गएको छ। बाजुराको धुलाचौरका स्थानीयले लाम्पाटा झपडका आरोपीलाई कानुनी दायरामा ल्याउन माग गर्दै सो बन्द गरेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…