- खुश्वु ओलीले परराष्ट्रमन्त्री खनाललाई चीन भ्रमणमा सीमा समस्याको स्पष्ट धारणा राख्न सुझाव दिएकी छिन्।
- ओलीले संसदमा खनाललाई सीमा व्यवस्थापनको विषय उठाएर गम्भीर लाभ नभएको आरोप लगाइन्।
- अघिल्ला परराष्ट्रमन्त्रीको भ्रमणमा सीमा विवाद उठे पनि यसपटक बेवास्ता गरिएको भन्दै ध्यानाकर्षण गराइन्।
काठमाडौँ- राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणामा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिएकी छिन्।
परराष्ट्रमन्त्री खनालले भारत भ्रमणको क्रममा सीमा विवादको कुरा नउठाएको प्रति आपत्ति जनाउँदै उनले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रुपमा राख्न आग्रह गरेकी हुन् ।
प्रमुख सचेतक ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भन्नेकुरा सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कुटनीति संवाद गर्नुपर्ने बताइन्।
प्रतिनिधिसभामा सचेतक ओलीले परराष्ट्रमन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भीर्यतालाई नबुझेको आरोप लगाइन्।
‘दिल्लीको औपचारिक वार्ताहरुमा कहीँ कतै पनि सीमाको विषय उठाउनु भएन । यतिसम्मकी नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तीमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन ।’
अघिल्ला परराष्ट्रमन्त्रीको भ्रमणमा सीमा विवाद गम्भीरता पूर्वक उठे पनि यसपटक बेवास्ता गरिएको बताइन्।
‘मा व्यवस्थापन र विवाद के हो ? हामीले अध्ययन गर्नुपर्ने आवश्यक्ता छ । विगत ७ वर्षमा सभामुख महोदय नेपालले लेख्ने प्रेस विज्ञप्तीहरुमा सीमाको विवाद जहिले पनि रहन्थ्यो, उनले अगाडि भनिन्, ‘पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ । यसमा म यहाँको ध्यानाकर्षण गराउन चाहन्छु । यो गम्भिर विषय हो ।’
शेरबहादुर देउवाको पार्टी सदखनाल आइतबार चीनको औपचारिक भ्रमणमा जाँदैछन्।स्यता नवीकरण
भर्खरै
लोकप्रिय
