- सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषित गरिएपछि बालबालिकाकाले सकेसम्म सबै प्रकारका खोप पाएका छन्।
- खोप कार्यक्रमको सफल कार्यान्वयन गर्ने प्रयासमा २८ स्वास्थ्यकर्मीमध्ये १८ जना तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरिएका थिए।
- गाउँपालिकाका सबै आठ वडाले पूर्ण खोप सुनिश्चित गरेका छन्, जसले खोप अभियानलाई सशक्त बनाएको छ।
सिमकोट – सिमकोट गाउँपालिका शुक्रबार पूर्ण खोप दिगोपना सुनिश्चत गाउँपालिका घोषित भएको छ। यसका लागि तयार गरिएका सबै मापदण्ड पूरा भएपछि सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषित गरिएको हो।
गाउँपालिकामा रहेका सोह्रदेखि ५९ महिनासम्मका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाउने कार्य पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए।
यो घोषणा गर्न नब्बे प्रतिशत बालबालिकाले सवै प्रकारका खोप पाएको हुनुपर्ने प्रावधान छ। तर सिमकोट गाउँपालिकाका ९५ प्रतिशत उमेर समूहका बालबालिकाले खोप पाएपछि यो कार्यक्रम गरिएको उनले बताए।
गाउँपालिका अध्यक्ष विजय भण्डारीले ब्यानर पढेर यसको घाोषणा गरेका हुन्। सिमकोट गाउँपालिकामा सोह्रदेखि ५९ महिनाका बालवालिका ८९० जना छन्। यसअघि पनि गाउँपालिकाले साउन र भदौमा सूक्ष्म योजना तयारी कार्यान्वयन। असोजमा स्वास्थ्य सुक्ष्म योजना तयार पारी अनुगमन, फागुन चैत महिनामा घरधुरी सर्वेक्षण, जसमा छुटेका बालवालिका पत्ता लगाउने र खोप दिने कार्य गरिएको थियो।
गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको र त्यसको खोप समन्वय समितिको अनुगमन र सिफारिसपछि यो कार्यक्रम आयोजना गरिएको हो।
यसका लागि नौ वटा खोप केन्द्रले खोप लगाएका थिए। २८ जना स्वास्थ्यकर्मीमध्ये १८ जना तालिमप्राप्त स्वास्थ्यकर्मीलाई खोप अभियानमा परिचालन गरिएको थियो।
तीन आर्थिक वर्षदेखि सिमकोट गाउँपाकिाले यो कार्यक्रम गर्दै आएको छ। खोप अभियान सफल बनाउन सहयोग गर्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय, स्वास्थ्य सेवा कार्यालय, पत्रकार महासंघलाई कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थी र स्वास्थ्यकर्मीबाट देउडा गाउने र नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सरिता रावत, उपाध्यक्ष सुशीला भाम रोकाया, वडा अध्यक्षहरु बलवीर शाही र नन्द रावत, रेडक्रस सोसाईटकी सभापति गणेश महत, उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, महिला स्वास्थ्य स्वयंसेविका कुसुम शाही, स्वास्थ्यकर्मी धुर्वराज सिंहले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख भण्डारीले सञ्चालन गरेका थिए भने सिमकोट गाउँपालिकामा खोपको अवस्थाबारे स्वास्थ्यकर्मी वसन्ती रावतले जानकारी दिएकी थिइन्।
भर्खरै
लोकप्रिय
